Spelling contest मा नुवाकोट ग्लोरी इङलिस बोर्डिङ स्कुल प्रथम,

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटको आयोजनामा आयोजीत जिल्ला स्तरीय हिज्जे प्रतियोगिता ( spelling contest ) सम्पन्न भएको छ ।
प्रतियोगितामा जिल्लााका १९ वटा विद्यालयको सहभागीता रहेको प्याब्सन नुवाकोटका सचिव पुरुषोत्तम अधिकारीले बताउनु भयो । प्रतियोगितामा नुवाकोट ग्लोरी इङलिस बोर्डिङ स्कुल सुर्यगढी–५ प्रथम, अर्किड एकेडेमी विदुर–४ द्वितीय, सुभेनियर बोर्डिङ स्कुल विदुर–२ तृतीय र युनिभर्सल बोेर्डिङ स्कुल तादी–५ ले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

उक्त कार्यक्रममा प्याब्सन नुवाकोटका अध्यक्ष तारा बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सन पुर्व केन्द्रीय सदस्य तथा बरिस्ठ सल्लाहकार विजय श्रेष्ठ र पुर्व अध्यक्ष तथा वरिष्ठ सल्लाहकार बुद्धि सागर रिजाल सहित प्याब्सनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगिता सामुदायिक विद्या मन्दिर देविघाटमा सञ्चालन भएको थियो । प्याब्सन नुवाकोटले बार्षिक कार्यक्रम अनुसार हरेक महिनाको अन्तिम आइतबार विभिन्न विधाका अतिरिक्त क्रियाकलापहरु नियमित रुपमा सञ्चालन गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्