६ चैत्र २०८०, मंगलवार
Logo
final gp koirala advert

नुवाकोटमा गठबन्धनका उम्मेदवार जीततर्फ,

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहितको गठबन्धनले बिहीबार आम सभा सम्पन्न भएको छ । चुनाव प्रचारप्रसारको अन्तिम दिन बटारमा निर्वाचन क्षेत्र नम्बर २ को आयोजनामा बिशालआम सभा सम्पन्न भएको छ ।


कार्यक्रममा सम्बोधन गर्दै क्षेत्र नम्बर २ का उम्मेदवार अर्जुननरसिंह केसीले गठबन्धनको जित सुनिश्चित भएको दाबी गर्नुभयो । ‘गठबन्धनको पक्षमा जनमत देखिएको छ । जुन कुरा हामीले निरन्तर गरेको घरदैलोमा प्राप्त जनताले देखाएको अपार मायाबाट प्रष्ट हुन्छ’, केसीले भन्नुभयो, ‘सत्ता गठबन्धनलाई अब जितबाट कसैले रोक्न सक्दैन ।


मंसिर ४ को चुनावले हिजोको इतिहास र भोलिको भविष्यलाई बोक्न सक्ने उम्मेदवार विजयी हुने भन्दै गठबन्धनका सबै उमेदवारको जित निश्चित भएको बताउनु भयो ।
उमेदवार केसिका अनुसार कुनै पनि उम्मेदवारले व्यक्तिगत आलोचना र विरोध गरेर समय खेर फाल्न नहुने र गठबन्धनले जनतासामु आफू र गठबन्धन स्पष्ट योजनासहित आएको छ ।

कार्यक्रममा कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत, केन्दीय सदस्य डा मिनेन्द्र रिजाल, प्रदेश उमेदवारहरु बहादुर सिंह लामा, रामप्रसाद ढुङ्गाना तथा माओवादीका पोलिट ब्युरो समस्य हितबहादुर तामाङ, विमला सुवेदी ,नेकपा एसका पोलिट ब्यूरो सदस्य राजेन्द्र प्रकाश लोहनी लगायतले पनि कार्यक्रममा सम्बोधन गरेका थिए ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्