६ चैत्र २०८०, मंगलवार
Logo
final gp koirala advert

खुर्पा प्रहार गरी आमा छोरीको वित्भस हत्या

सांकेतिक तस्वीर

बिदुर । नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नम्बर ५ ढूलोढुंगा स्थित भंगेरीमा आमा छोरीको वित्भस हत्या भएको छ । घरमा कोही नभएको र श्रीमान छिमेकीको धान भित्राउने मेलामा गएको मौका छोपी स्थानीय पुस्कल तामाङले केशव खतिवडाका २१ वर्षिय श्रीमती सम्झना खतिवडा र ५ वर्षिय छोरी क्रिष्टिना खतिवडाको वित्भस हत्या गरेका हुन् ।


स्थानीय अनुसार, घटना सोमबार साँझ ६ बजेको हो । आमा छोरीको हत्या गरेर अभियुक्त तामाङ फरार भएका छन् । आमा छोरी दुवैको गर्धनमा खुर्पा प्रहार गरीएको देखिएको छ । आमाको शव घरको आँगनमा र छोरीको घरको मूल ढोका अगाडी घुडाँ मारेर बसेको अवस्थामा रहेको थियो ।


अहिले घटनास्थलमा प्रहरी पुगेको छ । प्रहरीले फरार अभियुक्तको खोजी शुरु गरेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्