६ चैत्र २०८०, मंगलवार
Logo
final gp koirala advert

गठबन्धनले आयोजना गरेको किस्पाङको आम सभामा स्थानिय उत्साहित


बिदुर । अहिले नुवाकोट निर्वाचन क्षेत्र नम्वर २ को प्रदेश ‘ख’ अन्तर्गत र बिगतमा निर्वाचन क्षेत्र नम्वर ३ मा रहेको मनकामना, फिकुरी, काहुले, साल्मे र भाल्चे समेटिएर बनेको किस्पाङ गाउँपालिकाका नागरिकमा आईतबार बेग्लै प्रकारको खुशी देखिन्थ्यो ।


एउटै पार्टीका केन्द्रीय स्तरका नेता भएर पनि उक्त क्षेत्रको कार्यक्रममा बिरलै संगै देखिने केसी र लामा कार्यक्रमका संगै उपस्थित मात्र भएनन् । एक अर्काको राजनीतिक उन्नयन र यस क्षेत्रको बिकासमा संयुक्त प्रयास गर्ने उद्घोष एउटै मञ्चबाट गर्दा नागरिकहरुले तालीको गडगडाहटबाट केसी र लामाको संयुक्त उपस्थितीको स्वागत गरेका थिए ।

त्यसो त, बिगतमा तिक्ततापूर्ण संबन्धमा रहेका काँग्रेस र माओवादीका नेताहरुले लालसलाम र जयनेपाल भन्दै एक अर्काको प्रशंशा गर्नु, केसी र महत संगै रहनु अनि अपवादको रुपमा स्थानीय तहमा गठबन्धन हुन नसकेको किस्पाङका दुबै पार्टीका नेता कार्यकर्ताहरुले कार्यक्रममा उपस्थित हुन संयुक्त अपील गर्नुले पनि आईतबार किस्पाङको केन्द्र दावाचेत बजारमा मानवसागर ओर्लिएको बिश्लेषण समेत गरिएको छ ।

तामाङ जातीहरुको बाहुल्यता रहेको किस्पाङको कार्यक्रममा सबै जाती र उमेरसमूहका मानिसहरुको उत्तिकै उपस्थिती रहेको थियो । धेरै अघिदेखि केसीको पक्षमा मतदान गर्दे आएका र उम्मेदवारीका कारण पछि लामालाई सघाएपनि दुबै संगै रहुन भन्ने चाहना राखेका धेरै बुढापाकाहरु मानेगाउँ, ताजी र भाल्चेबेसीबाट हिडैरै आईपुगेको सुनाईरहेका थिए ।

Shivapuri rural municipality awareness message jalapanews

समग्रमा भन्नुपर्दा नुवाकोटको २ नम्वर क्षेत्रको प्रतिस्पर्धामा रहेका अन्य पार्टीहरुको कार्यक्रमहरुमा देखिएको न्यून उपस्थिती तथा गठबन्धनको शनिवार कुमरी र आईतबार किस्पाङमा आयोजित कार्यक्रमपछि यस क्षेत्रमा गठबन्धनको जित सुनिश्चित भईसकेको स्थानीय काँग्रेस नेता देबनाथ भट्टको भनाई छ ।


कार्यक्रममा काँग्रेस प्रतिनिधिसभा सदस्य उम्मेदवार अर्जुननरसिंह केसी र प्रदेशसभा सदस्य उम्मेदवार बहादुरसिंह लामाले आफूहरुमा कुनै पनि प्रकारको तिक्तता नरहेको र आफूहरुलाई एकअर्काको परिपुरकका रुपमा हेर्न आग्रह गर्दे यहाँको समग्र बिकास र नागरिकहरुको समस्या समाधानमा कुनै पनि प्रकारको कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।


कार्यक्रममा नेकपा माओबादी केन्द्रका समानुपातिक उमेदवार मीना वाईवाले क्षेत्र नं २ मा गठबन्धनको जित निश्चित रहेको बताइन । नेता वाइबाले आफू निर्वाचित भएमा किस्पाङ, म्यागङ, तारकेश्वर, बिदुर नगरपालिका लगाएत जिल्लाको बिकाशको लागी इमान्दारीताको साथ काम गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।


कार्यक्रममा माओवादी नेताहरु हिरानाथ खतिवडा, राममाया बोगटी, राजकुमार रेग्मी तथा काँग्रेस नेताहरु जगदीश्वरनरसिंह केसी, धु्रव अधिकारी, रामेश्वर उपाध्याय, चोकराज शाक्य, जगतबहादुर तामाङ, छत्र लामा, क्षेत्रबहादुर घले, रणबहादुर तामाङ लगायतले आगामी निर्वाचन र गठबन्धनको रणनीतिहरुका बारेमा आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्