१२ श्रावण २०८१, शनिबार
Logo

बिदुर १३ का ८० प्रतिशत नागरिकहरुले वडाबाट सामाजिक सुरक्षा भत्ता बुझे

बिदुर नगरपालिका वडा नम्बर १३ ले शुक्रबार सम्म आफ्ना वडाका सबै नागरिकहरु सामाजिक सुरक्षा भत्ता बितरण सकेको छ ।


वडा अध्यक्ष भरत बहादुर तामाङले महत्वपुर्ण चाडबाड अघि नै नागरिकहरुलाई थोरै भए पनि राहत प्रदान गर्ने उदेश्यले वडा कार्यलयबाटै सामाजिक सुरक्षा भत्ता बितरण गरेको बताउनु भयो ।


बैक सम्म आउन जान समस्या हुने तथा दशैको बेलामा लामो समय लाईन बस्नु पर्नेसमस्याको कारण बैँकलाई वडामा नै बोलाएर सामाजिक सुरक्षा भत्ता बितरण गरेको वडा अध्यक्ष तामाङले बताउनु भयो ।


अध्यक्ष तामाङका अनुसार विदुर नगरपालिका भित्र आर्थिक बर्ष ०७७÷७८ सम्म प्रभु बैंकबाट बितरण हुँदै आएको भत्ता गत आर्थिक बर्ष देखि नगरपालिकाले आइसिएफसी फाइनान्स संग सम्झौता गरेको थियो, तर सम्झौता बिपरित आइसिएफसी फाइनान्सले वडामा उपस्थित भएर सेवा दिन नसक्ने बताए सगैँ बिदुर नगरपालिकाले बट्टारमा रहेको लुम्बिनी बिकाश बैंकसंग सम्झौता गरेको थियो ।

Shivapuri rural municipality awareness message jalapanews


नगरपालिकासंग गरिएको सम्झौता अनुरुप बिदुर नगरपालिका १३ नम्बर वडा कार्यलयमा उपस्थित भएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको लुम्बिनी बिकाश बैंक बट्टार शाखा प्रमुख बिश्वम्भर मान सिंह डंगोलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्