६ चैत्र २०८०, मंगलवार
Logo
final gp koirala advert

तारकेश्वर गाउँपालिका भित्रका मुख्य सडकहरुको स्तरोन्नती सुरु

तारकेश्वर गाउँपालिकाले पालिका भित्रको महत्वपूर्ण सडकहरु स्तरोन्नति गर्न सुरु गरेको छ ।
गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगाएतका पदाधिकारीहरुले स्थलगत अनुगमन गरे लगत्तै स्तरोन्नति गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल) ले जानकारी दिनु भयो ।


अध्यक्ष अधिकारीले पालिका भित्रका मुख्य सडकहरुको स्तरोन्नतीको लागी ग्राबेल गरिने बताउनु भयो । जोर चौतार तेर्सेपानी हुँदै सिवालय थान मोटर बाटोको स्तरोन्नति गर्नुका साथै ग्रावेलिङ गर्ने काम भैरहेको अध्यक्ष अधिकारिले बताउनु भएको हो ।


पालिका भित्रको मुख्य सडकको रुपमा रहेको चन्दनी नेवारपानी सिम्ले ढाँडाखर्क दाङसिङ सडकमा बर्षा संगै बर्षाको पानीले आएको पहिरो हटाइएको उपाध्यक्ष हरि प्रसाद रिमालले बताउनु भयो । उपाध्यक्ष रिमालको अनुसार पहिरो हटाए सगैँ यातायात आवागमनमा सहज भएको छ ।
उपाध्यक्ष रिमाललका अनुसार खड्गभन्ज्याङ मजुवा गोस्याङ सडकमा स्तरोन्नति गरि यसै बर्षमा ग्रावेलिङ गरिने निती तथा कार्यक्रममा समाबेश गरिएको छ । दशै लगायत महत्वपूर्ण चाडवाड नजिकिए संगै पालिका भरिका संपूर्ण वडाहरुमा सहज रुपमा यातायात संचालन गर्न सकिने गरि काम भैरहेको पालिका उपाध्यक्ष हरि प्रसाद रिमालले बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्