“ २०७२ को संविधानमा अधिकांश एजेन्डा माओवादीको समेटिएको छ ”। – सांसद हित बहादुर तामाङ

नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य एवं संघीय सांसद हित बहादुर तामाङले जातिय एवं बर्गिय उत्पीडनमा परेका जनताहरुको मुक्तिका लागि संघर्ष गरेको पार्टी नेकपा (माओबादी) केन्द्र मात्र भएको बताउनु भएको छ ।
तामाङ रास्ट्रिय मुक्ती मोर्चा नुवाकोटको जिल्ला भेलालाई सम्बोधन गर्दै सांसद तामाङले जातियताको मात्रै कुरा नगरिकन निश्चित बिचार र उद्धेश्य लिएको बताउनु भएको हो ।
नेकपा (माओवादी) केन्द्रको १० बर्षको जनयुद्धले ब्यवस्था बदलेको तर अबस्था नबदलेकोले आफ्नो पार्टीको ध्यान त्यता तिर रहेको बताउनु भयो । बर्गिय रुपले तल परेका जनताको जीवन स्तर उकास्न कार्यक्रम ल्याउनु पर्ने आबश्यकता रहेको बताउनु भयो । २०७२ को संविधानमा अधिकांश एजेन्डा माओवादीको समेटिएको बताउनुहुदै सफल रुपमा कार्यान्वयन गर्नुपर्ने आबश्यक रहेको उहाँको भनाई छ ।
नेता तामाङको अनुसार कुल जनसंख्याको ४२.८ प्रतिशत तामाङहरुको बसोबास रहेको नुवाकोटमा नीति निर्माण तहमा अन्य कुनै पनि पार्टीले प्रतिनिधित्व गराएको थिएन । उहाँले नुवाकोटको तर्फबाट प्रतिनिधि सभामा पहिलोपटक प्रतिनिधित्व गराउने पार्टी माओवादीले रहेको बताउनु भयो ।
राजनीतिक उद्धेश्य प्राप्त गर्न गरिएको १० बर्षको जनयुद्धमा धेरै तामाङहरुको बलिदानी रहेको बताउदै नुवाकोटको पहिलो सहिद गजेन्द्र वाइबा रहेको स्मरण गर्नुभयो । २०५५ सालमा गठन भएको तामाङ मुक्तिमोर्चाको संस्थापक केन्द्रिय सदस्यको रुपमा सांसद तामाङ रहनु भएको थियो ।

त्यस्तै भेलाले ५५ सदस्य रहेको जिल्ला कमिटी पुनर्गठन गरेको छ । अध्यक्ष सोम बहादुर तामाङ, उपाध्यक्षहरु ज्ञान बहादुर तामाङ, बच्चुराम तामाङ र सानुमाया तामाङ, सचीव सुरज तामाङ, सहसचिव कमल तामाङ, भिम बहादुर तामाङ र हिरा तामाङ, कोषाध्यक्ष लाल बहादुर तामाङ, सह कोषाध्यक्ष दावा छिरिङ तामाङ, उर्ची तामाङ र सदस्यहरु धन सिंह तामाङ, गंगा बहादुर तामाङ, सिर्जना तामाङ लगाएत रहनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्