१२ श्रावण २०८१, शनिबार
Logo

अध्यक्ष थापाले दुप्चेश्वरका नागरिकहरुलाई गर्नु भएको अपिल यस्तो छ ।

दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकर बहादुर थापाले गाउँबासीहरुलाई नआतिन आग्रह गर्नु भएको छ । उहाले बिपदका बेला साहसका साथ अगाडी बढ्नु पर्ने बताउनु भएको छ ।
उहाँले सामाजिक संजाल फेसबुक मार्फत सबैलाई सचेत रहन आग्रह गर्नु भएको छ । दिउसो बिपदजन्य स्थानहरुको अबलोकन पछि उहाले साझँ सामाजिक संजाल फेसबुक मार्फत नआतिन आग्रह गर्नु भएको हो ।
उहाँले सबै नागरिकको साथमा स्थानिय सरकार रहेको बताउँदै सम्यम रही सुरक्षीत साथ बस्न आग्रह गर्नु भएको छ ।
सडक, बिजुली र संचार एकै साथ अबरुद्ध हुदाँ उद्धार काम गर्न नसकिएको पालिकाले जनाएको छ ।
अध्यक्ष थापाले दुप्चश्वरका नागरिकहरुलाई गर्नु भएको अपिल यस्तो छ ।

“विपत्ति बाजा बजाएर आउँदैन न सूचना दिएर सतर्क गराउँछ। वर्षौंको हाँसो, छिनमै आँशुमा परिणत गरिदिन्छ। प्राकृति संंग प्रजाको, दैवसँग दिनहिनको के लाग्छ र ? आपतमा आँत्तिनु र सुखमा मात्तिनु राम्रो होइन। आपत्तिमा आक्रोश आएपनि विपत्तिमा विवेक गुमाउनु हुन्न। संयमताको सहाराले सहास बटुल्दै भविष्यका भाँजाहरु भत्काउँदै अघि बढ्नुको विकल्प छैन।
२०७९ श्रावण २४ को रातमा बाढी र पैरो रुपी भयङ्कर भयको भुत सवार भैदिनाले त्रासदीको तरङ्ग फैलिएको छ।
अत ः सम्पूर्ण दुप्चेश्वर वासी आमाबुबा, दाजुभाइ ,दिदिबहिनी हरुमा धिरता नगुमाउन र सम्यम भै सुरक्षित रहन हार्दिक अनुरोध गर्दछु । हामी तपाईंको साथमा छौँ । तिनै तहको सरकार तपाईंको साथमा छ। एकै पटक धेरै ठाउँमा यस्ता घटना घट्दा उद्दार तथा राहतको लागि तत्क्षण हामी तपाईंको माझ उपस्थित हुन सकेनौं ।तर पनि हामी तपाईंकै साथमा छौं। संचार र यातायातको विच्छेदले तपाईंकोमा हामी इच्छा र तत्परता हुंदहुंदै तत्काल जोडिन सकेनौं । अब हामी बाटो बनाउँदै तपाईंकोमा छिट्टै आउदैछौँ । तपाईंहरुको कहाँ कहाँ के कस्तो घटना र क्षति भएको छ ? यसै मार्फत पनि सूचना दिन अपिल गर्दछु ।”

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्