११ आश्विन २०७९, मंगलबार
Logo
final gp koirala advert

दाङसिङमा पालिका स्तरको १० शैयाको अस्पताल करिब ११ करोड रुपैयामा निर्माण सम्पन्न गरिने

नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं १ को दाङसिङमा पालिका स्तरको १० शैयाको सुबिधा सम्पन्न अस्पताल भबनको निमार्ण सुरु गरिएको छ ।
सनिबार एक कार्यक्रममा बिच गाउँपालिका अध्यक्ष शिव अधिकारी अबिरलले उक्त पालिका स्तरीय अस्पतालको सिलान्यास गर्नुभएको हो ।
अध्यक्ष ‘अबिरल’ले निर्माणको जिम्मेवारी पाएको ‘आलोक–पुष्पाञ्जली’ जेभी निर्माण कम्पनीलाई समय मै काम सम्पन्न गर्न आग्रह गर्नु भएको छ ।
तारकेश्वर गाउँपालिकाको केन्द्र दाङसिङमा पालिका स्तरको अस्पताल सहित ५ वटा भवन निमार्ण गरिने अध्यक्ष अधिकारीले बताउनु भयो ।
दाङसिङमा निर्माण सुरु भएको अस्पताल करिब ११ करोड रुपैयामा निर्माण सम्पन्न गरिने अध्यक्ष अकिारीले बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्