१५ आश्विन २०८०, सोमबार
Logo
final gp koirala advert

सुर्यगढी गाउँपालिकामा नेपाली कांग्रेसका उप सभापति कालुले गरे सभापती प्याकुरेललाई कारबाही

नुवाकोटको सुर्यगढी गाउँपालिकामा नेपाली कांग्रेसका उप सभापतिले सभापती सहित एक दर्जन कार्यकर्ताहरुलाई कारबाही गरेका छन् ।
गत वैशाख ३० गते सम्पन्न भएको स्थानिय निर्वाचनमा पार्टीका आधिकारीक उम्मेद्धवारहररुलाई हराउन लागेको आरोपमा नेपाली कांग्रेस सुर्यगढी गाउँपालिकाका सभापति शंकर प्याकुरेलसहित एक दर्जन नेता तथा कार्यकर्ता कारवाहीमा उप सभापति कालु तामाङले बताउनु भयो ।

उप–सभापति कालु तामाङको नेतृत्वमा वसेको बैठकले निर्वाचनमा पार्टीको उम्मेद्धवारलाई हराउन बिभिन्न षडयन्त्र गरेको भन्दै सुर्यगढीगाउँपालिका सभापति शंकर प्याकुरेल, उप–सभापति रामकुमार गिरी, सचिव शंकर अधिकारी र सह–सचिव प्रकाश भट्टराई, तरुण दल नुवाकोटका सचिव सुवन गिरी, सुर्यगढी–काठमाण्डौ सम्पर्क समितिका सभापति दिपेन्द्र गिरी, नुवाकोट क्षेत्र नम्बर १ का क्षेत्रिय सदस्य ईन्द्रप्रसाद लामिछाने, नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (ख) सह–सचिव सचिन्द्र कुमार अधिकारी र चतुमन अधिकारी रहेको नेपाली कांग्रेस सुर्यगढी गाउँपालिकाका सचिव वासु लम्सालले जानकारी दिए ।

पार्टी हराउन षडयन्त्र गर्नेहरुलाई कारवाहीको लागि वडाबाटै सिफारिस आएको नेपाली कांग्रेस सुर्यगढीका उप–सभापति कालु तामाङले जानकारी दिए । कारवाही गर्ने सबैको सर्वसहमत निर्णय भएको नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (ख) का सभापति रामजी पौडेलले जानकारी दिए ।

हिजो बसेको बैठकमा सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घले, नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (ख) का सभापति रामजी पौडेल, महाधिवेशन प्रतिनिधि कुमार गुरुङ, शिवप्रसाद अधिकारी, सुर्यगढी गाउँपालिका वडा नम्बर २ र ४ का वडाध्यक्ष, पार्टीका विभिन्न प्रतिनिधि तथा विभिन्न भातृ संगठनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्