४ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय भन्दा तल झर्यो

नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय जनाभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा १३ जना निको भएसँगै सक्रिय सङ्क्रमितकोे सङ्ख्या ९७ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन हजार ४७ जनाको नमुना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

यस अवधिमा कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्