तारकेश्वर गाउँपालिकाका अध्यक्ष वस्तीद्धारा ५ बर्षे कार्य प्रगती समेटीएको“पंचबर्षिय प्रगती दर्पण”नामक पुस्तक बिमोचन

नुवाकोटको तारकेश्वर गाउँपालिकाले “पंचबर्षिय प्रगती दर्पण” नामक पुस्तक बिमोचन गरेको छ । बिहिबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष रमेश वस्तीले पुस्तक बिमोचन गर्नु भएको हो । २०७४ सालमा सम्पन्न स्थानिय निर्वाचनमा निर्वाचित भए पछि हाल सम्म भएका पालिका भित्रको बिकासको अबस्थालाई पुस्तकमा समाबेश गरेको जनाएको छ ।
“पंचबर्षिय प्रगती दर्पण” नामक पुस्तकमा भुकम्प पछिको पुन निर्माण, कर्मचारी ब्याबस्थापन, नयाँ सडक निर्माण, पुरानो सडक स्तर उन्नती, नाली निर्माण, बिद्युतिय लाइन बिस्तार लगाएतको क्षेत्रमा काम गरेको उल्लेख गरिएको छ ।
शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाइ लगाएतको क्षेत्रमा उल्लेख्य काम भएको पुस्तकमा उल्लेख गरिएको छ । पुस्तकमा प्रत्येक वडामा सम्पन्न भएका योजनाहरु समाबेश गरिएको छ । झोलुंगे पुल, मरणपाटी, बिश्राम स्थल, खेलकुद मैदान, साना धारा तथा कुवा संरक्षण, कृषि र पशु बिकाश, भवन निर्माणको क्षेत्रमा निकै काम गरिएको पुस्तकमा उल्लेख छ । धार्मिक स्थलहरुको संरक्षण तथा पालिका भित्र रहेको पर्यटकिय क्षेत्र संरक्षण र प्रर्वद्धनको काम भएको पालिकाले जानकारी दिएको छ ।
५ ओटा वडा कार्यलयहरु निर्माण सम्पन्न भैसको छ भने जग्गा प्राप्तीको बिवाद सम्पन्न भएकाले गाउँपालिकाको प्रमुख प्रसाशकिय भवन निर्माणको लागी आबश्यक कार्य अगाडी बढी रहेको अध्यक्ष वस्तीले बताउनु भयो ।
बिपत्तीमा स्थानिय सरकारले सधै नागरिकहरु कै हितमा काम गरेको अध्यक्ष बस्तीले बताउनु भयो । कोरोना माहामारीको कारण नेपालमा भएको पहिलो लकडाउनको समयमा आत्तियका गाउँबासीहरुलाई घर घरमा पुराउने काम गरेको अध्यक्ष वस्तीले जानकारी दिनु भएको छ । उहाले ५ बर्षे कार्यकालमा सधै जनताकै लागी मात्रै काम गरेको बताउनु भएको छ ।
सुरुवाती दिनहरुमा कर्मचारी अभाव , भुकम्प पछिको पुनःनिर्माण त्यस पछि कोरोना माहामारीको कारण कार्य सम्पादनमा केही ढिलाइ भए पनि ५ बर्षे कार्यकालमा निकै महत्व पुर्ण उपलब्धीहरु भएको अध्यक्ष वस्तीले जानकारी दिनु भयो । पालिकामा बिकाशका लागी सबै आधार तयार भैसकेको बताउदै अब पुन आफू निर्वाचित भएर आए पछि बाकी काम सम्पन्न गर्ने अध्यक्ष बस्तीले बताउनु भयो ।
बिमोचन समारोहमा उपाध्यक्ष तारादेवी रिमाल, प्रमुख प्रसासकिय अधिकृत राजु अधिकारी, वडा अध्यक्षहरुले आफ्नो आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा निर्वाचित जनप्रतिनीधीहरु , बिभिन्न पार्टीका प्रतिनिधी, कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्