४ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

बेलकोटगढी १३ मा नेकपा एमालेको तर्फबाट अध्यक्षमा हरी कुमार गुरुवाचार्यको दावी

नेकपा एमाले बेलकोटगढी नगर कमिटी सदस्य हरी कुमार गुरुवाचार्यले बेलकोटगढी १३ मा नेकपा एमालेको तर्फबाट अध्यक्षमा दावी गरेका छन् ।


गुरुवाचार्यले बिद्यार्थी राजनितीबाट नेकपा एमालेको राजनितिक यात्रा सुरु गरेका थिए । छोटो समयमै पार्टीको बिश्वसनिय पात्र बनेका गुरुवाचार्यले २०७४ को स्थानिय निर्वाचनमा अत्याधिक मतले वडा सदस्यमा निर्वाचित भएका थिए । कार्यबाहक वडा अध्यक्षको रुपमा कार्य सम्पादन गरि सकेको बताउदै युवा नेता गुरुवाचार्यले पार्टीले अब युवाहरुलाइ बिश्वास गरेर जिम्मेवारी प्रदान गर्नुपर्ने बताए ।


राजनितिलाई धेरै नेता तथा कार्यकर्ताहरुले सेवा नभई पेसा बनाउदा राजनिति दुषित बन्दै गएको उनको भनाई छ । पार्टीले बिश्वास गरेर टिकेट दिएमा जित निश्चीत रहेको बताउदै उनले संबृद्ध वडा बनाउने लक्ष्य रहेको जानकारी दिए ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्