१२ श्रावण २०८१, शनिबार
Logo

चुवावी प्रतिबद्धता सहित तारकेश्वर २ मा अध्यक्षको लागी नेपाली काँग्रेसको तर्फबाट नवराज बख्रेलको उमेदवारी

सरकारले घोषणा गरेको स्थानीय निर्वाचनको मिति नजिकिए सँगै गाउँ नगरको माहोल गर्माएको छ । पार्टीका तल्लो समितीका नेता तथा कार्यकर्ताहरुले धमाधम उमेदवारी घोषणा गर्न थालेका छन् । पार्टीले आफूलाई टिकट दिनै पर्ने बिभिन्न आधारहरु तयार गरेर युवाहरुले टिकटको दावी गर्न थालेका हुन ।


त्यस्तै युवा नेता नवराज बख्रेलले तारकेश्वर गाउापालिका वडा नं २ नेपाली काँग्रेसको तर्फबाट उमेदवारी दिने बताएका छन् ।
उनले पार्टीले टिकेट दिएर निर्वाचन जित्न सफल भएमा गरिने कार्य समेत स्प्रष्ट पारेका छन् ।


उनले प्रस्तुत गरेका प्रतिबद्धताहरु ः
१) सर्बप्रथम म मेरो सम्पति सार्बजनिक गर्नेछु ।
२) म ठेक्का पट्टा बिचौलियासँग सजग र टाढा रहनेछु ।
३) म वडा मा विपन्न वर्ग पहिचान गरि नि–शुल्क शिक्षा को पहल गर्नेछु ।
४) वडामा गरिबीको कारण उपचारबाट बन्चित हुनु पर्ने अबस्थाको अन्त्य तथा नयाँ स्वस्थ्या अवधारणा लिएर आउने छु ।
५) म वडा अध्यक्ष हुदै गर्दा मेरो वडाको कृषि उत्पादन बढाउने र बजार ब्यबस्थापन गर्ने अबधारणा सहित कार्य सम्पादन गर्नेछु ।
६) युवा स्वरोजगारको व्यवस्था तथा आत्मनिर्भर कार्यक्रम तथा तालिम को व्यवस्था गर्ने छु ।
७) जेष्ठ नागरिकहरुकोे लागि बर्षमा एक पटक निशुल्क होल वडि स्वास्थ्या जांच र प्रथामिक उपचार निशुल्क ब्यवस्था गर्ने छु ।
८) मोटर बाटो नपुगेको घर वा टोलमा मोटर बाटोको लागी पहल गर्ने ।
९) म कुनै ब्यक्ति वा पार्टी बिशेष अध्यक्ष नभई सम्पुर्ण वडा बासि को हकहितको लागि जनसेवामा समर्पित हुनेछु ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्