२९ माघ २०८१, मंगलवार
Logo

चुवावी प्रतिबद्धता सहित तारकेश्वर ५ मा अध्यक्षको लागी नेपाली काँग्रेसको तर्फबाट रमेश कुमार अधिकारीको उमेदवारी दावेदारी

नेपाली कांग्रेसका युवा नेता रमेशकुमार अधिकारीले आसन्न स्थानीय तहको निर्वाचनमा तारकेश्वर गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा दाबेदारी प्रस्तुत गर्नुभएको छ ।
लामो समयदेखि कांग्रेसको राजनीति गर्नु भएको अधिकारीले वडा अध्यक्ष निर्बाचित भएमा अल्पकालीन र दीर्घकालीन रुपमा गरिने कार्य समेत प्रष्ट पार्नु भएको छ ।
अधिकारी द्वारा प्रस्तुत गरिएको प्रतिबद्धताहरु ।
“स्थानीय तहमा वडा अध्यक्षको दाबेदारि सहितको प्रतिबद्धता“
आसन्न २०७९ बैशाख ३० गते हुनगैरहेको स्थानीय तहको निर्वाचन मार्फत यदि जनता द्वारा वडा अध्यक्षमा अनुमोदित भएमा निम्नलिखित कार्यलाई आधार बनाइ जनताको बिचमा उपस्थित हुने ।
१) सर्बप्रथम म आफ्नो र श्रीमती को नाममा रहेको चल–अचल सम्पत्तिको विवरण सार्बजनिक गर्नेछु ।
२) प्रत्येक जनताको बास्तबिक जिबनशैलि रहन–सहन,अप्ठ्यारा सप्ठ्यारा देखि बिकास निर्माणको योजना बनाउदा सम्म आफै स्वयं उपस्थित भै आफ्ना नातागोता नहेरि समान व्यबहार गर्नेछु ।
३) अति बिपन्न बर्गको पहिचान गरि शिक्षा,स्वास्थ र गासँबासको आधारभुत आबस्यकता लाइ यथोचित ब्यबस्था मिलाउने छु ।
४) कृषिलाइ मुख्य आधार बनाइ जिबिकोपार्जन गर्ने किसानलाइ नगदे बालिको प्रशिक्षण दिइ स्वाबलम्भि बनाउने र उत्पादित बस्तुलाइ बिक्रि वितरणको सहज बाताबरण बनाउनेछु ।
५) पसुपन्छि पालनलाइ अनुदानको माध्यमबाट आकर्षक बनाइ दुधजन्य पदार्थको लागि चिस्यान केन्द्रको स्थापना गरि आर्थिक आय आर्जनको मार्गमा लानेछु ।
६) कृषि सडकलाइ स्तरउन्नति गरि हिउँद बर्खा नै सवारी साधन सन्चालन मा ल्याइ उत्पादित बस्तुलाइ बजार सम्म पुर्याउने ब्यबस्था मिलाउनेछु ।
७) वडा भरि रहेका आधारभुत र माध्यमिक बिधालय लाइ बालमैत्र र प्रबिधिमैत्र बनाउनेछु ।
८) प्रत्येक योजना आबस्यकताको आधारमा तयार पारिने र लागत रकम सहितको सुचना टास गरि पारदर्शिताको लागि उपसमिति निर्माण गर्नेछु ।
९) जनता सङ वडा अध्यक्ष कार्यक्रम सन्चालन गरि प्रत्येक महिनाको एकदिन जनताको गुनासो सार्बजनिक सुनुवाइ मार्फत प्रत्येक टोलटोलमा गर्नेछु ।
१०) स्थानीय सरकार कै लगानिमा वडामा विभिन्न सिपमुलक तालिमको ब्यबस्था गरि आत्मनिर्भरतालाइ पहिलो प्राथमिकता दिनेछु ।

माथि उल्लेखित कार्य मेरो बिबेकले भ्याएसम्म २ बर्ष भित्र सकि थप जनताको सुझाव समेटि नयाँ कार्ययोजना बनाउने छु् ।


उनले प्रस्ट भिजन सहित राजनितीमा आउनेहरुलाई पार्टीले यथोचित ब्याबस्थापन गर्नु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्