१२ श्रावण २०८१, शनिबार
Logo

तारकेश्वर गाउँपालिका वडा नं ६ मा अध्यक्षको उमेदवारमा बच्चुराम रिमाल सिफारिस

सरकारले घोषणा गरेको स्थानीय निर्वाचनको मिति नजिकिए सँगै गाउँ नगरको माहोल गर्माएको छ । नेकपा (माओवादी केन्द्र )का नेता–कार्यकर्ताहरू चुनावकेन्द्रित भएर गाउँ–नगर पुगेका छन् । भने उमेदवार बन्ने आकांक्षिहरुले भोट समेत माग्न थालिसकेका छन् ।
नेकपा (माओवादी केन्द्र ) नुवाकोटले क्रमश उमेदवारको टुंगो लगाउन थालेको छ ।


तारकेश्वर गाउँपालिका वडा नं ६ मा आज बसेको बैठकले वडा नं ६ को अध्यक्षको उमेदवारमा सर्वसम्मत रुपमा बच्चुराम रिमालको नाम सिफारिस गरेको छ । सदस्यहरुमा द्रोण प्रसाद रिमाल प्रकाश सिं तामाङ पुर्णिमा मगर को नाम सिफारिस भएको छ । रिमाल तत्कालिन जनमुक्ती सेना हुन् । रिमालले पार्टीको बिभिन्न पदमा रहि जिम्मेवारी पुरा गरेका छन् । उनि २०५९ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी )को सदस्य थिए ।


२०६० मा अखिल नेपाल होटल तथा रेष्टुराँ मजदुर संघ नक्साल शाखाको एकाइ सदस्य भएका उनी साउदीमा रहँदा जन प्रगतीशिल मंच साउदी अरेबियाको सदस्य समेत रहेर कार्य सम्पादन गरि सकेका छन् । हाल उनि नेकपा माओवादी केन्द्र तारकेश्वर संगठन कमिटीको सचिव समेत रहेका छन् । उनी हाल सहिद बासु स्मृती सस्थाका अध्यक्ष छन् ।

रिमाल नेकपा माओवादी केन्द्रका सबै भन्दा बलिया उमेदवार रहेको नेकपा माओवादी केन्द्र तारकेश्वरले जानकारी दिएको छ ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्