१२ श्रावण २०८१, शनिबार
Logo

तारकेश्वरमा एमालेबाट गाउँपालिका प्रमुखमा आधा दर्जन आकांक्षी

सरकारले घोषणा गरेको स्थानीय निर्वाचनको मिति नजिकिए सँगै तारकेश्वर गाउपालीकाको माहोल गर्माएको छ । विभिन्न राजनीतिक पार्टीका नेता–कार्यकर्ताहरू चुनावकेन्द्रित भएर गाउँ–गाउँ पुगेका छन् ।

निर्वाचनको मिति नजिकिएसँगै नेकपा एमालेबाट आधा दर्जन नेताहरुको नाम अध्यक्षको आकांक्षीमा आएको छ । पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेका र गरिरहेकाहरू आकांक्षीको रूपमा अघि देखिएका छन् । जसको कारण नेतृत्वलाइ टिकट वितरणमा सकस पर्ने देखिन्छ ।
अध्यक्षका आकांक्षीको रूपमा बहालवाला अध्यक्ष रमेश वस्ती, नेकपा एमालेका केन्द्रिय सदस्य उषा किरण तिमल्सिना, बहालवाला उपाध्यक्ष तारा रिमाल, वडा नं २ का अध्यक्ष समर आलेमगर, नेता हरि अधिकारी र रामहरी न्यौपाने रहेका छन् ।
तर टिकटका लागी बलिया उमेद्धार रमेश वस्ती रहेका नेकपा एमालेले बताउदै आइरहेको छ । बाहालवाला अध्यक्षको प्रभाव बढी रहेको पार्टी पंक्ति र अध्यक्ष स्वयम आफैले दावी गर्दै आइरहेका छन् । सिलनसार स्वभावका वस्ती युवा माझ लोक प्रिय छन् । बोले जती काम सम्पन्न गर्न नसक्ने नेता भन्दै बेला बखतमा आलोचित हुन्छन् । तर पार्टीगत रुपमा भेदभाव नगर्ने स्वाभावका कारण उनि प्रिय मानिन्छन् । आफू बलियो अनुभवी उमेद्धार भएको कारण टिकट आफुले पाउनु पर्ने उनको दावी छ ।
उसो त महिला नेत्रृ उषा किरण तिमल्सिनाको पनि प्रभाव राम्रो छ । बिद्यार्थी राजनितीबाट सुरु भएको उनको राजनिती यात्राले छिटै उचाई पाएको छ । तर उनलाई पार्टीको हित बिपरीत नाराबाजी र सामाजिक संजालमा गालीगलौज गरेको आरोप छ । उनि सालिन र नम्र स्वभावकी छिन् । पार्टी गतिबिधीमा चित्त नबुझ्दा बिद्रोह गर्ने हुदा उनि बेला बखत बिवादमा पर्ने गरेकी छिन् ।
तारा रिमाल उनि बहालवाला उपाध्यक्ष हुन् । एक पटक उपाध्यक्ष भैसकेको कारण उनि अध्यक्ष बनेर पालीका चलाउन चाहन्छिन् ।
हरि अधिकारी आफुलाइ पुरानो र पार्टीको लागी अधिक योगदान पुर्याउने नेताको रुपमा दावी गर्छन । आफुले पार्टीमा पुराएको योगदानको कदर गर्ने बेला आएको उनको भनाई छ ।
समर आलेमगर पनि प्रभाव भएकै नेता हुन । उनले २०५४ सालमा गाबिस अध्यक्ष भएर गाबिस चलाएको थिए । ७४ मा वडा नं २ बाट निर्वाचित वडा अध्यक्ष हुन । २ पटक सम्म अध्यक्ष गाबिस र वडा संचालन गरेको अनुभव रहेकोले पालीका संचालनमा आफु योग्य भएको कारण पार्टीले टिकट दिनु पर्ने बताउछन् ।
रामहरी न्यौपाने तारकेश्वर गाउपालीकाको पुरानो नेता भएको दावी गर्छन् । गत निर्वाचनमा पनि अध्यक्षको दावी गरेका उनले हालका अध्यक्षको लागी बाटो खाली गरेका थिए । अबभने आफुले यो पटक टिकट पाए संबृद्ध तारकेश्वरको अभियानमा लाग्ने बताका छन् ।

प्रतिक्रिया दिनुहोस्