पंचकन्या वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औंं वार्षिक साधारणसभा सम्पन्न
नुवाकोटको बिदुरमा रहेको पंचकन्या वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औंं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष रमेश श्रेष्ठले गत आर्थिक वर्ष २०७७÷०७८ को प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सस्थाका कोषाध्यक्ष सरोज प्रसाद दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सहकारीको शेयर पुँजी ७४ लाख ३५ हजार ८ सय रुपैयाँ रहेको छ । सहकारीले १२ करोड ७९ लाख रुपैयाँ छरिएर रहेको पुँिजीलाई एकत्रित गर्दै ११ करोड १५ लाख रुपैयाँ सदस्यहरुलाई ऋण लगानी गरेको छ ।
पञ्चकन्या बचत तथा ऋण सहकारी संस्थाले यस आर्थिक बर्षमा १० लाख ६ हजार ३ सय ६१ रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै विदुर नगरपालिका प्रमुख सजु पंडितले सहकारीहरुले समुदायका नागरिकहरुको जिवन स्तरमा ठुलो आर्थिक परिवर्तन गराएको बताउनु भएको छ । प्रमुख पंडितले सहकारी सस्थाहरुले सहकारी ऐन २०७४ पालना गर्नु पर्नेमा जोड दिनु भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले यस सहकारीले समुदायमा आर्थिक क्षेत्रमा निकै ठुलो योगदान गरेको बताउनु भएको छ ।
सहकारीले साधारण सभाको अवसरमा सहकारी संस्थाका जेष्ठ सदस्य, उत्कृष्ठ कर्जा कारोबारी र बचतकर्ता सहित १४ जनालाई नगद सहित प्रमाणपत्रद्धारा सम्मान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्