१२ श्रावण २०८१, शनिबार
Logo

लिभिङ वाटर नेपालद्वारा तारकेश्वरमा खानेपानी आयोजना सम्झौता, खानेपानीको समस्याबाट मुक्ती पाउने आशामा स्थानीय

लिभिङ वाटर नेपालले तारकेश्वर गाउपालीका वडा नं १ का एक सय ४० घर परिवारको लागी खानेपानी आयोजना सम्पन्न गर्न बुधबार उपभोक्ता समितीसंग सम्झौता गरेको छ ।
लिभिङ वाटर नेपालले ताक्पा खोला खानेपानी उपभोक्ता समिती तथा तल्लो लर्केप खानेपानी उपभोक्ता समिती सँग २ महिना भित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरेकोे छ ।
कार्यक्रमका कार्यकारी निर्देशक बिजय गुरुङले करीब २४ लाख भन्दा बढी रकमको २ वटा आयोजना सम्झौता गर्नु भएको हो ।


संस्था र उपभोक्ता समितीले यसअघि नै खानेपानीको मुहान पहिचान गरि सकेको छ । अब संस्थाले तल्लो लर्केप खाने पानी आयोजनाको लागी एउटा ट्याङकी र ६ वटा नमुना धारा सहित ६५ वटा धारा निर्माण गर्ने छ , भने फलाटेका नागरिकहरुका लागी एक ट्याङ्की,६ नमुना धारा सहित ७० वटा धारा निर्माण गर्ने छ ।
एक घर एक धाराको अबधारणा सहित खानेपानी समस्यालाई निराकरण गरी स्वच्छ पिउने पानी बितरणको उद्धेश्य रहेको संयोजक चतुरमान तामाङले बताउनु भयो ।


संस्थाले हाल नुवाकोट जिल्लाको लागी ८ वटा खानेपानी उपभोक्ता समिती मार्फत काम गरि रहेको छ ।
तारकेश्वर गाउपालीकाको वडा नं १ मा २ वटा, बेलकोटगढी नगरपालीका वडा नं ४ मा १, लिखु गाउपालीका वडा नं ४ मा १, म्यागङ गाउपालीका वडा नं ३,५,र ६ मा क्रमश एक एक वटा किस्पाङ गाउपालीका वडा नं ३ मा १ वटा गरि नुवाकोटका बिभिन्न स्थानमा ८ वटा आयोजना मार्फत खानेपानी समस्या न्यूनिकरणको लागी काम भैरहेको संस्थाले जानकारी दिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेकपा माओवादी केन्द्र तारकेश्वर गाउपालीका अध्यक्ष सोम बहादुर तामाङले आयोजनलाई सबै स्थानिय नागरिकहरुले भौतिक तथा नैतिक रुपले सहयोग गर्नु पर्ने बताउनु भयो ।


बर्खायाम सकिए सगै पानीको समस्या सुरु हुने गरेको स्थानियहरु बताउछन् । घरघरमा पानीको धारा जडान भए पछि बर्षाै देखीको खानेपानी समस्याबाट मुक्त हुनेमा आफू ढुंक रहेको तल्लो लर्केप खानेपानी उपभोक्ता समितीका अध्यक्ष सुब्बा तामाङले बताउनु भयो ।

Shivapuri rural municipality awareness message jalapanews

कार्यक्रममा लिभिङ वाटरका नुवाकोट संयोजक एनोक तामाङ, प्राबिधिक गणेश नेपाली, ताक्पा खोला खानेपानी उपभोक्ता समिती फलाटेका अध्यक्ष अनिल तामाङ लगाएतले आफ्नो धारणा ब्यक्त गर्नु भएको थियो ।
सामुदायिक तालिम तथा सम्झौता कार्यक्रममा वडा नं १ का वडा सदस्य बिर बहादुर तामाङ, समाजसेवी बौडे लामा, आमोस तामाङ लगाएत स्थानिय उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्