११ आश्विन २०८०, बिहीबार
Logo
final gp koirala advert

श्रीकृष्ण बचत तथा ऋण परिचालन सहकारीको चौविसौं वार्षिक साधारणसभा सम्पन्न


नुवाकोटको बट्टार वजारमा रहेको श्रीकृष्ण बचत तथा ऋण परिचालन सहकारीको चौविसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको विदुर नगरपालिकाका वडाध्यक्ष टलकमान श्रेष्ठले उद्घाटन गर्नुभएको छ । सभा उद्घाटन गर्दै वडाध्यक्ष श्रेष्ठले सहकारीले यस क्षेत्रका सदस्यको आर्थिक बिकासमा देखाएको क्रियाशिलताको प्रशंसा गर्नुभयो । सभालाइ सम्बोधन गर्दै बिदुर नगरपालिकाका नगर शाखा प्रमुख पुष्कर शर्मा रिमालले सहकारी सन्स्थाहरुले सहकारी एन द्दण्ठद्ध पालना गर्नु पर्नेमा जोड दिनु भयो ।
सभामा संस्थाका अध्यक्ष वच्चुमाया सुनारीले गत आर्थिक वर्ष २०७७/०७८ को प्रगती प्रतिवेदन र चालु आर्थिक वर्ष २०७८/०७८ को निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । संस्थामा हाल सम्ममा १ हजार ३ सय ९१ जनाको २ करोड ३२ लाख ३२ हजार रुपैयाँ शेयरपँुजी रहेको अध्यक्ष सुनारीको प्रतिवेदनमा जनाईएको छ । साधारणसभामा संस्थाका कोषाध्यक्ष गजेन्द्र खड्का परमार्थीले आर्थिक प्रतिवेदन तथा प्रस्तावित वजेट प्रस्तुत गर्नुभएको छ । संस्थाले गत आव २०७७ /२०७८ मा ११ करोड १ लाख २३ हजार ७ सय ७१ रुपैयाँ ऋण लगानी गरी १६ लाख २७ हजार रुपैयाँ नाफा आर्जन गरेको कोषाध्यक्ष खड्काको प्रतिवेदनमा जनाईएको छ । साधारणसभामा लेखासमिति संयोजक राजेन्द्र तिवारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
साधारणसभामा संस्थाका संस्थापकहरु दिपक अधिकारी गोमा अधिकारी, डोमा तामाङ र गंगा शाही बोगटीलाई सम्मानित गरिएको छ । यस्तै उत्कृष्ट कारोवार गर्ने सदस्य दिपक मिजार र उत्कृष्ट बचत गर्ने ज्ञानुकुमारी अमात्य श्रेष्ठ र बाबुराम शर्मा अधिकारीलाई सम्मानित गरिएको सचिव श्रीराम नेपालले जानकारी दिनुभयो ।
सभामा सन्स्थाका सन्स्थापक अध्यक्ष बिस्णु प्रसाद नेपाल, पुर्ब अध्यक्ष हरिप्रसाद घिमिरे, नवराज अधिकारि, रामप्रसाद अधिकारि, केशब प्रसाद रिमाल, गतिशिल बहुउद्देश्यीय सहकारिका प्रतिनिधि निर्मला खड्का लगायतले मन्तब्य राख्नुभएको छ ।
यसैगरि नुवाकोटको बट्टारमा रहेको लायन बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारणसभा बट्टारमा सम्पन्न भएको छ । साधारणसभामा सहकारीका अध्यक्ष कुवेरमान श्रेष्ठले संस्थाको प्रगति प्रतिवेदन र भावी कार्यक्रम प्रस्तुत गर्नुभयो । संस्थामा गत आवको अन्त्य सम्ममा सेयर पँुजी २ करोड बाईस लाख ४० हजार ६ सय रुपैयाँ, बचत १२ करोड ५८ लाख रुपैया र कर्जा लगानी ९ करोड २२ लाख रुपैयाँ रहेको अध्यक्ष श्रेष्ठको प्रतिवेदनमा जनाईएको छ । यस्तै कोषाध्यक्ष ध्रुवप्रसाद ढकालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन अनुसार संस्थाले चालु आर्थिक वर्षमा १९ लाख ७० हजार रुपैयाँ नाफा आर्जन गर्ने अनुमान गरेको छ ।
यसैगरी, शिक्षकहरुको पेशागत सहकारी नुवाकोट शैक्षिक वचत तथा ऋण सहकारी संस्थाको सातौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको नेपाल शिक्षक संघका वागमती प्रदेश अध्यक्ष नारन प्रसाद तिमल्सिनाले उद्घाटन गर्नुभयो । संस्थाले गत आवको अन्त्य सम्ममा १ करोड २० लाख ७० हजार रुपैयाँ शेयर पुँजी, ७५ लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरी १ करोड ५२ लाख २५ हजार रुपैयाँ कर्जा लगानी गरेको सहकारीका अध्यक्ष रामबहादुर थापाद्धारा प्रस्तुत प्रतिबेदनमा जनाईएको छ । यसैगरी संस्थाका कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन अनु्सार चालु आर्थिक वर्षमा १ करोड ५० लाख शेयर पुँजी संकलन गरी २५ लाख ५० हजार रुपैया नाफा आर्जन गर्ने अनुमान सहकारीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्