१२ श्रावण २०८१, शनिबार
Logo

गरिबी र अभावमा समाजवादआउँदैन: अर्थमन्त्रीशर्मा

अर्थमन्त्रीजनार्दन शर्माले गरिबी र अभावमा समाजवादनआउने बताउनुभएको छ ।


नेकपामाओवादी केन्द्र मुसिकोट नगर कमिटीद्वारा आयोजितघोषणा सभालाई आइतवार सम्बोधनगर्दै उहाँले गरिबी र अभावको अन्त्य गरेर मात्र संविधानले परिकल्पना गरेको समाजवादमाजान सकिने बताउनुभएको हो । ‘गरिबहरूको जीवनस्तर माथिनउकासेसम्म समाजवादमाजान संभव छैन ।’ उहाँले भन्नुभयो ‘समग्र विकास र सम्पन्नताको जगमामात्र समाजवाद खडा हुनसक्छ ।’ मुलुकको समग्र विकास र गुणस्तरीय विकास सरकारको लक्ष्य रहेको भन्दै उहाँले गठबन्धन सरकार त्यसतर्फ केन्द्रित रहेको जानकारी दिनुभयो ।
अबको पाँचदेखि सातवर्षभित्र रुकुममागरिबीको अन्त्य गरी समाजवादको आधार तयार पारिने भन्दै उहाँले उक्तलक्ष्यप्राप्तगर्ने गरी सक्रियहुनपार्टी कार्यकर्ता र आमजनसमुदायलाई आग्रहगर्नुभयो ।


कृषि सहकार्य समूह, उत्पादन समूह, श्रम सहकारीमार्फत उत्पादन र रोजगारीको अभियान सञ्चालनगरिने उहाँले बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाको लागि सरकारले हरेक विद्यालयहरूलाई उद्यमशीलबनाउने नीतिअन्तरगतसरकारले पढ्दै कमाउँदै कार्यक्रमल्याएको बताउनुभयो । ‘कम्तिमा १२ कक्षा उत्तीर्ण विद्यार्थी स्वरोजगार हुने खालको शिक्षानीति सरकारलेल्याएको छ ।आगामी शैशिक सत्रदेखि देशकाविभिन्न स्थानमा‘डिजिटल लर्निङ्ग सेन्टर’हरू स्थापना गरी आधुनिकप्रविधिको माध्यमबाट अडियो भिडियोसहितपठनपाठन गराउने तयारी रहेको छ ।’


सरकारले पहिलो पटक गरिब र विपन्नलाई सम्झेर पाँचलाख परिवारलाई १० हजारका दरले आर्थिक राहतवितरण गर्न लागेको, दीर्घ रोगीहरूलाई मासिकपाँचहजारका दरले उपचार खर्च दिने निर्णय कार्यान्वयनमाआउनलागेको, घाइते अपाङ्गताभएकाव्यक्तिहरूलाई उपचार खर्चदिनलागिएको, राजनैतिकआन्दोलनकाशहीद परिवारहरूलाई मासिकतीनहजारका दरले जिवनवृत्तिप्रदानगर्न लागिएको, हरेक पालिकाहरूमाकम्तिमा ५०० युवाहरूलाई स्वरोजगार बनाउने कार्यक्रमल्याइएको, कृषिबीमाको प्रिमियमअनुदान ८० प्रतिशत पु¥याइएकोलगायतकादर्जनौं जनमुखीकार्यक्रमल्याइएको मन्त्रीशर्माले जानकारी दिनुभयो ।

Shivapuri rural municipality awareness message jalapanews


माओवादी केन्द्रका स्थायी कमिटी सदस्य र संगठन विभागप्रमुख समेत रहनुभएकामन्त्रीशर्माले देशमाअबप्रत्यक्षनिर्वाचितकार्यकारी प्रमुख र पूर्ण समानुपातिकनिर्वाचन प्रणाली अवलम्बनगर्नुपर्नेमाजोड दिनुभयो । देशमा राजनैतिक स्थायित्वकायमगर्नको लागि यस्तो प्रणाली जरुरी भइसकेको मन्त्रीशर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्