केउरिनी लायन्स उद्यमी नमुना गाउलाई १५ लाख बराबरको सामान हस्तान्तरण

केउरनीलाइ लायन्स उद्यमी नमुना गाउँकाे रुपमा विकास गरिने भएको छ।
यहि आश्वीन १८ गते लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ काे आयोजनामा लायन्स उद्यमी नमुना गाउँ, विदुर नपा ८, केउरेनी, नुवाकोटकाे एक समारोहका विच समुद्घाटन भएकोछ।

लायन्स क्लबका डिस्ट्रिक गभर्नर लायन विशेश्वर आचार्यकाे अध्यक्षतामा सम्पन्न भएको समुद्घाटन समारोहमा प्रमुख अतिथि नुवाकोट क्षेत्र नं. २ का संघिय सांसद नारायण प्रसाद खतिवडा, विशेष अतिथि विदुर नगर पालिकाका प्रमुख सन्जु पण्डित, उपप्रमुख गिता दाहाल, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्की, लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ का पूर्व गभर्नर ध्रुव थापा, फस्ट भिडिजी महेन्द्र पाैडेल, सेकेन्ड भिडिजी मनिश्री रत्न बज्राचार्य, वेलफेयर बैकका उपप्रमुख सुधा थापा, जाेन चियर पर्सन रामराजा थापा लगायतले कार्यक्रमकाे महत्त्वकाे बारेमा आफ्नाे मन्तव्य राख्नु हुदै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियाे।
शुभकामना मन्तव्य राख्नु हुदै लायन्स क्लवका गभर्नर आचार्यले केउरेनी गाउँका जनताको लागि अब भाग्य खुलेकोले , प्राप्त भएको अवसरलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो।

प्रमुख अतिथि संघिय सांसद नारायण खतिवडाले कृषि सामाग्रीकाे सामूहिक रुपमा उपयोग गरेर आर्थिक रुपमा सम्पन्न हुने तर्फ लाग्न केउरेनी बासिलाई अनुरोध गर्दै सित्तैमा पाएकाे सामान हाे भनेर दुरुपयोग गरे पापलाग्ने बताउनु भयाे।
विदुर नपाका प्रमुख सन्जु पण्डितले केउरेनी गाउँमा यसै बर्ष पहिरो नियन्त्रणकाे लागि र सडक स्तर उन्नतिकाे लागि बजेट व्यवस्थापन गरेको र अब सिचाइकाे व्यवस्था समेत गर्ने प्रतिबद्धता गर्नु भयो ।।
लायन्स उद्यमी नमूना गाउँ, नुवाकोटका प्रमुख श्रीकृष्ण रिजालले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा नमूना गाउँ नुवाकोटका उपप्रमुख सन्तोष उप्रेतीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रममा ट्याक्टर, कुटानी पिसानी मिल, कपडा सिउने मेसिन, दुनाटपरी गास्ने मेसिन, पानी छान्ने फिल्टर, किटनासक ओखती छर्ने पम्प, त्रिपाल तथा वाेएर जातकाे बीउ बाेका र बिउ रागाे गरि करिव पन्ध्र लाखकाे सामानहरु उपलब्ध गराएको लायन्स क्लब्स इन्टरनेशनलका क्लस्टर चिफ अनुज कुमार श्रेष्ठले जानकारी दिनुभयाे।

श्रेष्ठका अनुसार कार्यक्रममा सिनियर लायन लिडरहरु राम बसेल, हरि मरहठ्ठा, शिवराम फुयाल, पार्वती खरेल, आर बि अधिकारी, रमेश श्रेष्ठ, श्रीकृष्ण मानन्धर, सुनिता मरहट्ठा, सन्तोष सराफ, राजन काप्री, सुस्मा रेग्मी, लक्ष्मी थापा, दुर्गा हलुवाई श्रेष्ठ, ट्रिजा ढकाल, निशा श्रेष्ठ, भिम फुयाल, कमला श्रेष्ठ, बैकुण्ठ रिमाल, लियो किरण थापा, दिवित्सा प्रधान, लगायत विभित्र लायन्स तथा लियो क्लबका अध्यक्ष तथा पदाधिकारीहरुकाे बाक्लो उपस्थिति रहेको थियाे। लायन्स उद्यमी नमूना गाउँ अन्तरगत केउरेनी क्षेत्रका नब्बे परिवारलाई समेटिएकाे छ। दिगाे विकासकाे अवधारणा अनुसार देश भरिबाट नुवाकोटकाे केउरेनी लगायत चाैध वटा गाउँलाई लायन्स क्लबले माेडल भिलेजकाे रुपमा विकास गर्न लागेको हाे।
प्रतिक्रिया दिनुहोस्