१२ श्रावण २०८१, शनिबार
Logo

नेपाल दलित मुक्तिमोर्चा लिखुको तेस्रो भेला सम्पन्न

नेकपा (माओवादी केन्द्र)का जिल्ला समन्वय समिति सदस्य धन बहादुर मिजारले माओवादी केन्द्र र यसको जनवर्गीय संगठन दलित मुक्तिमोर्चाले नेपालको आमूल परिवर्तनकोलागि महत्वपूर्ण योगदान गरेकोले सम्पूर्ण दलित तथा उत्पीडित समुदायले गर्व गर्नु पर्ने बताउनु भएको छ ।

नेपाल दलित मुक्तिमोर्चाको लिखु गाउँपालिका संगठन समितिको मंगलबार ढिकुरेमा आयोजित तेस्रो भेलालाई सम्बोधनगर्दै माओवादी केन्द्र लिखुका सह–इन्चार्जसमेत रहेका नेतामिजारले नेपालको विद्यमान संविधानले गणतन्त्र, संघीयता, समानुपातिक समावेशीकरण र धर्म निरपेक्षताको मर्मतलाई आत्मसात गरेकोले उक्त संविधान लेख्ने जग बसाल्ने माओवादी केन्द्र र उक्त पार्टीको जनवर्गीय संगठन दलित मुक्तिमोर्चाको योगदानका आधारमा गर्व गर्न सकिने प्रसस्त ठाउँ रहेको बताउनु भएको हो ।


नेपालको ६ वटा महानगरपालिका सहित७ सय ५३ स्थानीयतहभित्रको कूल छ हजार सात सय त्रिचालिस वडाहरुमध्ये झण्डै छ हजार पाँच सयमा दलित महिला सदस्यहरुको प्रतिनिधित्वभएको, ५९ जना राष्ट्रिय सभा सदस्यहरुमा ७ जना दलित सांसदहरु रहेको, २ सय ७५ जनाप्रतिनिधिसभा सदस्यहरुमा १९ जनादलितहरु सांसद रहेको तथा सातप्रदेशको कूल ५ सय ५० जनाप्रदेश सांसदहरुमा ३५ जना सांसदहरु गरीकूल ८ सय ८४ जना सांसदहरुमध्ये ६१ जना सांसदहरु दलित समुदायको रहेकोमा यसको प्रमुखश्रेय माओवादी केन्द्र र यस आन्दोलनका राजनेता क. प्रचण्डलाई जान्छ भन्दै उहाँले यसमा सम्पूर्ण दलितले गर्व गर्न सक्नुपर्ने बताउनुभयो ।


“राज्यको व्यवस्थापिकीय अङ्गमा दलितको प्रतिनिधित्व देखिने किसिमको भए पनि अझै प्रतिनिधित्व अपुग रहेकोले पर्याप्त प्रतिनिधित्व सुनिश्चितताकालागि दलितहरु एकढिक्का भई आन्दोलितहुनुपर्ने र माओवादी आन्दोलन तथा यसले हासिल गरेको उपलब्धिको रक्षाका खातिर पनि लाग्नु पर्ने आवश्यकता छ”। नेता मिजारले भन्नुभयो, “विकास निर्माणकै काममा पनि ढिकुरेको पुल २०६५÷६६ मामाओवादी सरकारकै पालामा बनेको तथा प्रत्येक गाउँ तथा टोलमा गाडी जाने अवस्था २०६४ पछि नै बनेको हो ।” नेता मिजारले दलित र गैर दलित दुबैले ७५ वर्षमा पाउँदै आएको वृद्धभत्ताका लागि दलितलाई १५ वर्ष घटाई ६० वर्षदेखि र गैरदलितलाई ५ वर्ष घटाई ७० वर्षदेखि प्रदान गर्न थालेको छ, र ५ सयको वृद्धभत्तालाई माओवादी सरकारले एकैचोटी २ हजार पु¥याएको स्मरण गराउनुभयो ।

Shivapuri rural municipality awareness message jalapanews


उहाँले अहिलेको परिवर्तन माओवादी जनयुद्धको पहिलो सहिद दीलबहादुर रम्तेल लगायत १७ हजार नेपाल आमाको होनहार सन्ततीहरुको रगतको मूल्यमा प्राप्तभएकोले यसको जगेर्ना गर्नु सबै दलित तथा उत्पीडित समुदायको कर्तव्य भएको बताउनुभयो । “अहिलेको प्राप्त उपलब्धिलाई रक्षागर्दै थप अधिकार स्थापितगर्न एक ढिक्का भईलागी पर्नु नै सम्पूर्ण दलित तथा यसको प्रतिनिधिमूलक संस्था दलित मुक्तिमोर्चा र माओवादी केन्द्रको अहिलेको प्रमुख कार्यभार हो” दलित मुक्तिमोर्चाको जिल्ला फ्याक्सन सह–इन्चार्जसमेत रहेका मिजारले भन्नुभयो ।
भेलामा नेकपा (माओवादी केन्द्र) लिखु संगठन समितिका कार्यबाहक अध्यक्ष विवेक ढकालले माओवादी आन्दोलन र देशको परिवर्तनकारी आन्दोलनमा सहभागिता र अगुवाई दलित समुदायले समेत गरेकोले राज्यको हरेक संरचनामा दलितको यथोचित प्रतिनिधित्वको सुनिश्चित्ता गर्नुपर्ने धारणा राख्नुभयो । दलित समुदायको शिक्षा र चेतनाको विकासमा राज्यले जोड दिनुपर्ने उल्लेख गर्दै नेता ढकालले राजनीतिक, सामाजिक र आर्थिक लगायतका सम्पूर्ण क्षेत्रहरुमादलितको उचितप्रतिनिधित्व हुनुपर्ने र त्यसका लागि माओवादी केन्द्रले अगुवाइ गर्ने एवं सोकालागि दलित समुदायले पनि उत्तिकै साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।


क्षेत्रपालमा विद्यालयका पूर्व प्राचार्य कृष्णबहादुर राईले दलित भन्ने शब्दले राम्रो अर्थ नदिने भएकोले दलित शब्दमा दलित तथा राजनीतिक आन्दोलनले पुनर्विचार गर्नुपर्ने धारणा राख्नुभयो । “दलित तथा उत्पीडित समुदायलाई चुनावको बेला एक चौटा मासु र एक गिलास रक्सीमा बिकेर भोट हाल्ने भन्ने आरोप लाग्दै आएकोले अब उनीहरुले यस्ता आरोपलाई गलत सावित गर्नुपर्ने बेला आएको छ” माओवादी केन्द्रका बौद्धिक नेता राईले भन्नुभयो, “माओवादी केन्द्रले लिएको सैद्धान्तिक वैचारिक दृष्टिकोणमा सम्पूर्ण दलित, उत्पीडित तथा जनजाति समुदाय एकाकार हुनुपर्दछ ।”


दलितका स्थानीय नेता तथा ज्येष्ठ सदस्य तुलबहादुर विकको अध्यक्षता तथा लिखुका दलित युवा नेता रामकुमार विकको सञ्चालनमा आयोजित भेलालाई नेकपा (माओवादी केन्द्र) वडा नं. २ का इन्चार्ज नारायण प्रसाद धमला, वडा नं. ६ का अध्यक्ष महेन्द्र डंगोल, अखिल क्रान्तिकारीका जिल्ला सदस्य अस्मिन रोकाले सम्बोधन गर्नु भएको थियो भने स्वागत मन्तव्य स्थानीय दलित नेता ठाकुर बागदासले गर्नुभएको थियो ।


भेलाले निकट भविष्यमा हुन गइरहेको नेपाल दलित मुक्तिमोर्चा लिखु संगठन समितिको सम्मेलन आयोजनाका लागि रामकुमार विकको संयोजकत्वमा १६ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । उक्त समितिको सहसंयोजकमा उद्धब बहादुर नेपाली र सुनिता नेपाली चुनिनु भएको छ भने इन्चार्जमा ठाकुर बागदास र सह–इन्चार्जमा कल्पनावि.क.र कमला नेपाली चयन हुनुभएको छ ।

नेपाल दलित मुक्तिमोर्चाको लिखु गाउँपालिका संगठन समितिको सम्मेलन आयोजक समितिका सदस्यहरुमा भरत मिजार, गोपाल मिजार, अस्मिन रोका, जुनकिरी वि.क., रत्नकुमारी मिजार, संकरकुमार मगराती, विद्यादेवी मिजार, सुनिता परियार, सरिता सुनार, कल्पनाविक, समीर मिजार, रामहरी विक. र योगेश नेपाली चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्