१२ श्रावण २०८१, शनिबार
Logo

देशभरमा दुई हजार ६ सय ७६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर दुई हजार ६ सय ७६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । आठ हजार दुई सय ५६ जनाको पीसीआर परीक्षण गर्दा एक हजार सात सय ८२ जना र चार हजार पाँच सय १२ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख नौ हजार चार सय ३७ जना पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा एक हजार सात सय ५७ जना निको भएसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख २६ हजार चार सय ६८ पुगेको छ । अहिले नेपालमा २६ हजार ६ सय ३९ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । 

थप ३३ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार चार सय ६३ पुगेको छ । 

Shivapuri rural municipality awareness message jalapanews

नेपालमा अहिलेसम्म २६ लाख २१ हजार चार सय ७६ जनाले एक मात्रा र ११ लाख आठ हजार आठ सय ६८ जनाले दुई मात्रा कोरोनाविरुद्धको खोप लगाएका छन् ।  

प्रतिक्रिया दिनुहोस्