९ फाल्गुन २०८०, बुधबार
Logo
final gp koirala advert

२४ घण्टामा कुल परीक्षणको झन्डै २५ प्रतिशतमा काेराेना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर दुई हजार नौ सय पाँच जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । आठ हजार एक सय आठ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा दुई हजार १० जना र चार हजार नौ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा कुल परीक्षणको झन्डै २५ प्रतिशतमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा चार सय २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ६ हजार सात सय ६१ जना पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा एक हजार ६ सय ६ जना काेराेना निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख २४ हजार सात सय ११ जना पुगेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

यस्तै थप १८ जनासहित अहिलेसम्म नौ हजार चार सय ३० जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।  

अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ६ सय ४८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्