१२ श्रावण २०८१, शनिबार
Logo

माधव नेपाल एमालेबाट निकालिए

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई एमालेबाट निकालिएको घोषणा गरेका छन् । ओलीले वरिष्ठ नेता माधव कुमार नेपालकै कारण आफूले सत्ता छाड्नु परेको दाबी गरेका छन् ।

बुधबार बालुवाटारबाट आफ्नो निजी निवास बालकोट फर्किएपछि सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । एमाले सरकारबाट बाहिरिने परिस्थिति माधव नेपालकै कारण निर्माण भएको ओलीको दाबी छ ।

‘यो परिस्थितिको निर्माण माधव नेपालले गरेका हुन् । हिजो पनि शेरबहादुर देउवा प्रधानमन्त्रीको शपथ लिन शीलतनिवास पुग्नुअघि उनी नै पुगे,’ ओलीले भने ।

अध्यक्ष ओलीले कमीकमजोरी महसुस गरेर पार्टीमा फर्किनेहरूलाई उचित जिम्मेवारी दिइने पनि बताए । तर, माधव नेपालको हकमा भने आत्मालोचना, गल्ती र कमीकमजोरी स्वीकार्ने कुनै ठाउँ नभएको उनको भनाइ छ ।

Shivapuri rural municipality awareness message jalapanews

‘कमीकमजोरी महसुस गरेर आउने साथीहरूलाई एमालेमा उचित स्थान र जिम्मेवारी दिइन्छ,’ ओलीले भने, ‘ माधव नेपालको हकमा आत्मालोचना, गल्ती र कमीकमजोरी स्वीकार्ने कुनै ठाउँ छैन ।’

प्रतिक्रिया दिनुहोस्