२६ जेष्ठ २०८०, शुक्रबार
Logo
final gp koirala advert

प्रधानमन्त्रीमा रहँदा राम्रा काम मात्रै गरेँ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदमा रहँदा राम्रो काम मात्रै गरेको दाबी गर्नुभएको छ । देशवासीका नाममा सम्बोधन गर्दै ओलीले तीन वर्ष पदमा बस्दा नागरिकको हितमा काम गरेको र देशमा राजनीति मात्रै होइन विकास पनि हुन्छ भन्ने सन्देश दिन सफल भएको बताउनुभयो ।

माथिल्लो तामाकोशी र मेलम्ची आयोजना पूरा गरेको, देशलाई सुरुङ युगमा प्रवेश गराएको, लोडसेडिङको अन्त्य गरेको, कर्णालीमा बिजुली पुर्याएको, तुइन विस्थापित गरेको लगायतका उदाहरण दिँदै ओलीले देश समृद्धि बाटोमा हिँडिरहेको बेलामा अलोकतान्त्रिक कामहरुमार्फत अवरोध गर्ने काम भइरहेको बताउनुभयो । 

‘सरकारबाट बाहिरिनु परेकामा चिन्ता छैन । इमान्दारिताका साथ देशको समृद्धि, सुशासन, विकास यी कुराहरूलाई ध्यानमा राखेर जनतालाई सेवा, सुविधा पुर्याउनुपर्ने कुरालाई ध्यानमा राखेर काम गरेको छु । विकासका निम्ति नयाँ भिजन दिएर अगाडि बढाएको छु’ ओलीले भन्नुभयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्