३० आश्विन २०७८, शनिबार
Logo
Hotel Yangra Nuwakot Trishuli

थप २३ सय ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि, २ हजार ७८ जना निको

पछिल्लो २४ घण्टामा थप दुई हजार तीन सय ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार ५८ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ६ सय ३९ र तीन हजार नौ सय ५४ जनाको एन्टिजेन परीक्षण गर्दा सात सय ५९ गरी दुई हजार तीन सय ९८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

pratik books stationery
trishuli web design in nuwakot

योसँगै नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख तीन हजार आठ सय ५६ पुगेको छ । यस्तै थप दुई हजार ७८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख २३ हजार एक सय पाँच पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार चार सय १२ पुगेको छ ।

नेपालमा अहिले २६ हजार दुई सय ६१ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्