१२ श्रावण २०८१, शनिबार
Logo

समाजसेवी अधिकारीको पहलमा नुवाकोटका ४३ स्वास्थ्य केन्द्रलाई अत्यावश्यक स्वस्थ्य सामाग्री प्रदान

बोधिसत्व बिहारसँगको सहकार्यमा एन्जिलिना शिवशक्ति ट्रस्टले नुवाकोट जिल्लाका ४३ वटा स्वास्थ्य केन्द्रलाई अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
ट्रष्टका अध्यक्ष एवम् नुवाकोट कांग्रेसका नेता शिव अधिकारी “अविरल” ले आज एक कार्यक्रमका बिच किस्पाङ गाउँपालिका, म्यागङ गाउँपालिका, बेलकोटगढी नगरपालिका, विदुर नगरपालिका, ककनी गाउँपालिका, तादी गाउँपालिकाको स्वास्थ्य चौकी र तारकेश्वर गाउँपालिका स्थित दाङसिंह प्रहरी चौकीलाई अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।
सो कार्यक्रममा बोधिसत्व विहारका सुप्रिम मास्टर हेगुवाङ शी र कार्यक्रम संयोजक शान्तको उपस्थिति रहेको थियो ।
सोही अवसरमा आजै काठमाडौं तारकेश्वर नगरपालिका वडा ४ को स्वास्थ्य केन्द्रलाई पनि ट्रष्टले स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

कोरोना संक्रमणको पछिल्लो अवस्था र त्यसले पार्न सक्ने स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै स्वास्थ सामाग्री प्रदान गरिएकाले कोरोना विरुद्धको लडाईमा यसले थप मदत गर्ने ट्रस्टका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।

अधिकारीले यसअघि तार्केश्वर गाउँपालिकामा १० , विदुर नगरपालिकाको त्रिशुली अस्पताल ३ थान , बेल्कोटगढी नगरपलिकामा ३ थान , मेघाङ र किस्पाङ २/२ थान र ककनी, सुर्यगढीमा १/१थान र शिवपुरी गाउँपालिकाको थानापति स्वास्थ्य चौकीलाई १ थान गरि २३ थान अक्सिजन कन्सन्ट्रेटरसहित विभिन्न औषधि र अन्य स्वस्थ्य सामाग्री प्रदान गरिसकेका छन् । कोरोना संक्रमणको दोस्रो लहर सुरुभएसंगै उनले नुवाकोटमा मास्क , सेनिटाइजर लगायतका अत्यावश्यक स्वास्थ सामाग्री बितरण सुरु गरेका थिए । कोरोना संक्रमणबाट नागरिकलाई बचाउने अभियानमा निरन्तर सहयोग र सहकार्य गर्ने बोधिसत्व विहारका सुप्रिम मास्टर हेगुवाङ शी र कार्यक्रम संयोजक शान्त शर्माप्रति अधिकारीले विशेष आभार प्रकट गरेका छन ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्