११ माघ २०८१, शुक्रबार
Logo

अपाङ्ग मानव अधिकार मञ्च नुवाकोटद्धारा त्रिशुली अस्पताललाई स्वचालित आईसियु बेड हस्तान्तरण

अपाङ्ग मानव अधिकार मञ्च नुवाकोटले त्रिशुली अस्पताललाई अपाङ्गता भएका बिरामीहरुको लागि अपाङ्गता मैत्री विद्युतीय स्वचालित आईसियु बेड तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
अपाङ्ग मानब अधिकार मन्च नुवाकोटको आयोजनामा जर्सी ओभरसिज ऐड र ह्याण्डिक्याप इन्टरनेशनलको साझेदारीमा,संचालित कोभिड–१९ आपतकालिन सहायता प्रतिकार्य कार्यक्रम अन्तर्गत त्रिशुली अस्पताललाई अपाङ्गता भएका बिरामीहरुको सहजताको लागी एक थान आई सि यु बेड हस्तान्तरण गरेको हो ।
यस परियोजनाले त्रिशुली अस्पतालमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपाङ्गता भएका बिरामी हरुले प्राथमिकता पाउने गरि Electric ICU Bed एक थान, BIPAP एक थान, Pantient Monitor एक थान, Siring Pump एक थान , Bedside Cabinet एक थान, Surgical Mask 1000 Pcs,Gloves (Nitrile)1000 Pcs,Faceshild 100 Pcs, Pulse Oximeter 5 Pcs र PPE 68 थान हस्तान्तरण गरिएको कार्यक्रमका कार्यक्रम अधिकृत गोकर्ण पुडासैनी ले जानकारी दिनु भयो ।
उक्त्त कार्यक्रममा परियोजनाका फिल्ड संयोजक रामशरण थापाले सन २०१८ देखि त्रिशुलि अस्पतालमा फिजियोथेरापी सेवा दिई रहेको र आगामी दिनमा पनि अस्पताल सँग समन्बय गरि इगतचभबअज ऋबmउ,मग्ड्रिल लगायत अन्य स्वास्थ्य सँग सम्बन्धीत कार्यक्रम सन्चालन गर्दै जाने बताउनु भयो ।
तेस्तै गरि संस्थाका सचिब लोचन भट्टराईले अस्पतालमा आउने सम्पुर्ण सेवाग्राहीको लागि अपाङ्गता मैत्री स्वाचलित क्ष्ऋग् द्यभम लगायत अन्य स्वास्थ्य सामग्रीले अपाङ्गता भएका बिरामी र स्वास्थ्यकर्मिको लागि थप सहयोग पुग्ने र आगामी दिनमा यस संस्थाले साझेदार निकाय स्थानिय सरकार र अस्पताल सग समन्बय गरि कार्य्कम गर्ने जानकारी दिनु भयो ।
हस्तान्तरित सामग्री बुझिलिदै त्रिशुली अस्पतालका मे.सु. डा. दिपेन्द्र पाण्डेले कोरोना कालमा त्रिशुली अस्पतालको स्तरोन्नतिका लागि सहकार्य गरी अस्पतालको आवश्यकता अनुसार कार्य गरी सेवाग्राही र कर्मचारीहरुको मनोबल उच्च राख्न सहयोग पुर्याएकोमा र अस्पतालमा आउने अपाङ्गता भएका बिरामीको लागि एक थान आइ सि यु बेड लगायत अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो ।

यसैक्रममा अस्पताल बिकास समितिका अध्यक्ष अर्जुन न्यौपानेले विषम परिस्थ्तिीमा पनि अस्पतालसँग सहकार्य गरि अस्पतालको सेवा र गुणस्तर माथि उकास्न यो सस्थाको सहयोगको उच्च मूल्यांकन गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताउनु भयो ।
हस्तान्तरण कार्यक्रमका सभापतित्व गरेका संस्थाका उपाध्यक्ष राजकुमार गजुरेलले यो बिसंम परिस्थिति मा जिल्लाकै उत्कृष्ट अस्पताल सग समन्बय गरि कोरना नियन्त्रण को लागि सहकार्य गर्न पाएको र आगामि दिनमा पनि सहकार्य गर्दै जाने कुराको जानकारी दिनु भयो ।
सन २०२० डिसेम्बर देखि सन्चालन भएको कोभिड प्रतिकार्य सहायता कार्यक्रमले अस्पतालमा बृहत् क्षति योजना अपडेट , स्वचालित खानेपानी धारा निर्माण, आइ इ सि कर्नर निर्माण , डिजिटल बोर्ड स्थापना, स्वास्थ्यकर्मि लाई प्रेषण बिमा सुबिधा, पिपिइ लगायत अन्य सुरक्षात्मक सामग्री हस्तान्तरण गरिएको थियो । साथै २०२१ जुलाई ३० मा यो परियोजना अन्तर्गत कोभिड प्रतिकार्य कार्यक्रम समापन हुने कुरा ब्य्क्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्