१२ श्रावण २०८१, शनिबार
Logo

पछिल्लाे २४ घण्टामा नेपालमा एक हजार ६ सय तीन जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लाे २४ घण्टामा नेपालमा एक हजार ६ सय तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । चार हजार आठ सय ७६ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ४२ जना र तीन हजार दुई सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच सय ६१ जना गरी एक हजार ६ सय तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।   

याेसहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ४४ हजार ६ सय २२ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८ हजार एक सय १७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय ५२ जनासहित अहिलेसम्म ६ लाख नौ हजार दुई सय १८ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । अहिले नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार एक सय ७९ जना रहेको छ । 

पछिल्लो २४ घण्टामा तथा यसअघिको विवरण प्राप्त भएको सहित थप २७ जनाको काेराेना सङ्क्रमणका कारण ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिनुभयो । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार दुई सय २५ पुगेको छ ।  

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्