१२ श्रावण २०८१, शनिबार
Logo

बाढी तथा पहिरोमा परेर ३८ जनाकाे ज्यान गयाे, ३१ बेपत्ता

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले यस वर्षको बाढी तथा पहिरोमा परेर ३८ जनाको ज्यान गएको जनाएको छ । 

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख दिल तामाङले यस वर्ष बाढी तथा पहिरोका कारण गएकाे जेठ ३१ देखि आजसम्म ३८ जनाले ज्यान गुमाएको र ३१ जना अझै हराइरहेको जानकारी दिनुभएको हो । उहाँका अनुसार बाढी पहिरोमा परि ४७ जना घाइते भएका छन् । शनिबार मात्रै  गोर्खा २ र धादिङमा २ गरेर ४ जनाले पहिरोका कारणले ज्यान गुमाएको छ । अहिलेसम्म २ सय २ वटा विपदको घटनाहरु रिपोर्टिङ्ग भएको उहाँले जानकारी दिनुभयो । ४ सय ९५ घरहरु पूर्ण क्षति भएका छन् । १ सय १२ घरहरु आंशिक क्षति भएका छन् । सामुदायिक भवन, विद्यालयहरुमा पनि क्षति पुगेको छ । ३ दर्जन सरकारी कार्यालयमा क्षति भएको छ । त्यसैगरी २३ वटा झोलुङ्गे पुल, १४ वटा पक्कि पुल,निर्माणाधिन र सञ्चालनमा रहेका साना ठूला गरी २५ वटा हाइड्रोमा पनि बाढीले क्षति पुराएको छ । उहाँले यो वर्षको मनसुनजन्य क्षति सुरुवातमा नै निकै भयावह बनेर आएको र आफूहरु त्यसको प्रतिकार्यमा लागेको बताउनुभयो ।

मनसुन सुरु भए लगत्तै अवरुद्ध बनेका मनाङ्ग जाने बाटो , बाजुरा जाने बाटो र सिन्धुपाल्चोकको तातोपानी नाका जाने बाटो लामो समय देखि अवरुद्ध छ । साना साना पहिरो र बाढीका कारण अवरुद्ध भएका सडक तत्काल सञ्चालनका लागि पहल गरिएको र सञ्चालन भएको भए पनि केही स्थानको बाटोहरु लामो समय देखि अवरुद्ध रहेको प्रमुख तामाङ्गले बताउनुभयो ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्