१२ श्रावण २०८१, शनिबार
Logo

पछिल्लो २४ घण्टामा २ हजार ३ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालभर दुई हजार तीन सय २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार आठ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय २७ जना र चार हजार दुई सय ९६ जनाको एन्टीजेन परीक्षण गर्दा आठ सय एक जना गरी दुई हजार तीन सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरेको परीक्षणमा ६ लाख ४३ हजार पाँच सय ८० जना र एन्टीजेन विधिबाट गरेको परीक्षणमा ३७ हजार पाँच सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन हजार ६६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६ हजार ६ सय ६६ पुगेको छ ।

यस्तै थप १९ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । ज्यान गुमाउनेको सङ्ख्या नौ हजार एक सय ९८ जना पुगेको छ । अहिले नेपालमा २७ हजार सात सय १६ जना सक्रिय सङ्क्रमित छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्