किन आउँछन् यि शहरका मान्छे
काशिनाथ गौतम

हेलिकप्टर चढेर चाउचाउ बिस्कुट पोका लिएर
यहीं गाउँ को दुख देखेर शहर गएका हुन्
यहीं हाम्रो दुख हेर्न हेलिकप्टर चढेर गाउँ आएका छन्
हामी कुनै केटाकेटी होईनौं चाउचाउ बिस्कुट खाने
हाम्रो बास हाराएको छ खाने गास हराएको छ
सक्छौं हाम्रो बास खाने गास फिर्ता ल्याइदेऊ
नत्र हाम्रो दुखको फोटो खिचेर अरुलाई नदेखाइदेउ
हाम्रो जमिन बगाएको छ हाम्रो अस्तित्व बगाएको छ
एक हातमा क्यामेरा समाएर अर्को हातले किन दिन्छौं
हामी लाई भिक्षा
हाम्रो घरखेत बगाएको हो हाम्रो स्वाभिमान बगाएको छैन
तिमीहरुले पानी खाने नाऊमा हाम्रो पहाड फोर्यो
हेर पहाड कस्तो भएको छ
तिमी हरु स्वार्थी हौं
दुखको बेला हुल बाँधेर आउँछौ बर्षौं हराउँछौं
तिमीहरु र नेता मा खासै फरक छैन
नेताहरु भोट माग्न आउछन्
झुटा आश्वासन लिएर
तिमीहरु आउँछौ हातमा क्यामेरा
चाउचाउ बिस्कुट पोका लिएर
हामी लाई लड्ने बानी परेको छ
हामी लाई दुख मा बाँच्ने बानी परेको छ
हामी लडेका होइनौं अझै बलिया भएका छौं
हामी उठ्ने छौं हातमा हात समाएर
हामीलाई हात दिएर लडाउने कोसिस नगर
हामी त हाम्रो पाखुरीमा विश्वास गर्ने मान्छे हौं
प्रतिक्रिया दिनुहोस्