२४ जेष्ठ २०८०, बुधबार
Logo
final gp koirala advert

राष्ट्रिय अपाङ्ग अनुसन्धान केन्द्र नुवाकोट शाखाद्धारा खाद्यान्न सहयोग

राष्ट्रिय अपाङ्ग अनुसन्धान केन्द्र नुवाकोट शाखाले अपाङ्गता भएका १५ जना नागरिकहरुलाई खाद्यान्न सामाग्री उपलब्ध गराएको छ ।
बेलकोटगढी नगरपालीका वडा नं ८ मा रहेका १५ जना अपाङ्गता भएका नागरिकहरुलाई चामल , दाल, नुन, तेल लगाएतका खाद्यान्न सामाग्री बितरण गरिएको राष्ट्रिय अपाङ्ग अनुसन्धान केन्द्र नुवाकोट शाखाका अध्यक्ष भरत प्रसाद दाहालले जानकारी दिनु भयो ।
कोरोना माहामारीको यो बिषम अबस्थामा अपाङ्गता भएका नागरिकहरुको सहजताको लागी खाद्यान्न सामाग्री बितरण गरिएको अध्यक्ष दाहालले बताउनु भयो ।
खाद्यन्न बितरण कार्यक्रममा समाज सेवी नारायण प्रसाद नेपाल, रामकृष्ण भट्ट, राष्ट्रिय अपाङ्ग अनुसन्धान केन्द्र नुवाकोटका सदिक्षा लामीछाने लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्