१२ श्रावण २०८१, शनिबार
Logo

तारकेश्वर गाउपालीकाको अनुमानित बजेट ३८ करोड १९ लाख २७ हजार रुपैयाँ

नुवाकोटको तारकेश्वर गाउपालीकाले आगामी आर्थिक वर्ष २०७८÷८९ को लागि ३८ करोड १९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । ‘ सबृद्ध तारकेश्वरको मुल आधार , कृषी शिक्षा र पर्यटन बिकाशको पुर्वाधार’ भन्ने मुल नाराका साथ सम्पन्न गाउँसभाले उक्त रकम बरावरको बजेट सार्वजनिक गरिएको हो ।
आगामी आर्थिक वर्ष २०७८÷८९ को लागि ३८ करोड १९ लाख २७ हजार ४ सय ८७ रुपैयाँ बराबरको बजेट मध्ये संघीय समानीकरण अनुदान ७ करोड ८१ लाख, प्रदेश समानीकरण अनुदान ५९ लाख ९४ हजार, संघ राजस्व बाँडफाँड ५ करोड ६७ लाख ९ हजार रुपैयाँ, रहेको छ । त्यसैगरी प्रदेश राजस्व फाँडफाँड १ करोड २६ लाख २७ हजार ५ सय ६१ रुपैयाँ, आन्तरिक आय १ करोड ७५ लाख रुपैयाँ, संघीय ससर्त अनुदान १५ करोड २३ लाख रुपैयाँ अनुमान गरिएको छ ।

यस्तै आगामी आर्थिक वर्षमा तारकेश्वर गाउँपालिकालाई प्रदेश ससर्त अनुदान मार्फत १ करोड ५० लाख ६७ हजार रुपैयाँ, प्रदेश समपुरक बजेट १ करोड ९९ लाख ८८ हजार हजार रुपैयाँ, र प्रदेश सरकार विशेष अनुदान ३६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको गाउँपालिकाका उपाध्यक्ष तारा देवी रिमालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्