२६ जेष्ठ २०८०, शुक्रबार
Logo
final gp koirala advert

ज्येष्ठ नागरिकलाई असार २२ देखि भेराेसेल खाेपकाे दाेस्राे डाेज दिने स्वास्थ्य सेवा विभागको तयारी

सांकेतिक तस्वीर

कोरोना भाइरसविरुद्धको भेरोसेल खाेपको पहिलो मात्रा लगाएकालाई आउँदो २२ गतेदेखि दोस्रो मात्रा लगाइने भएको छ । गएको जेठ २५ गतेदेखि २९ गतेसम्म पहिलो मात्रा लगाएकालाई आउँदो असार २२ गतेदेखि दोस्रो मात्रा लगाइने स्वास्थ्य सेवा विभागले जनाएको  छ ।

काठमाण्डौ उपत्यकामा ६० देखि ६४ वर्ष र उपत्यकाबाहिर ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेलको पहिलो मात्रा दिइएको थियो । पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई २२ गतेदेखि दोस्रो मात्रा दिइने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

खोपको दाेस्रो मात्राका लागि पहिलो खोप लगाएको खोप कार्ड अनिवार्य लैजानु पर्नेछ । 

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्