नैतिकता, विश्वास र आचरण





काशिनाथ गौतम
समाजमा अहिले जसरी निमार्ण भएको छ, त्यो नैतिकताको आधारमा चलेको छ यती समाज नैतिकता हिन भयो भने त्यो समाज कस्तो हुन्छ ? तर देशको दिशा परिवर्तन गर्ने राजनीति हिजो हाज नैतिकता हिन हुँदै गएको छ । जस्ले नियम कानुन लागु गरेर समाज परिर्वतन को जिम्मा पाएका छन्, उनिहरु नै गलत बाटो हिड्े पछि त्यो देशको रुपरेखा कस्तो हुन्छ ? आउने पुस्ता लाई कस्तो शिक्षा दिनेछ ।
राजनीतिक दलको नैतिकता नै मुल आधार हो त्यो नै नभए त्यो राजनीतिक अराजकताको रुपमा पैदा हुन्छ । राजनीतिक दलमा नैतिकता शब्द को खडेरी पर्न थालेको छ । नैतिकता ले नै मानिस लाई दिशा निर्देशन गर्दछ । जस्को माध्यम बाट असल ब्यक्ती, असल समाज, र असल राष्ट्र निमार्ण गर्न सहयोग पुग्दछ । जब मानिस बाट नीतिको पालन हुन्छ । तब मात्र समाजमा सकरात्मक सोचको बिकास हुन्छ । पछिल्लो समय राजनीतिक दलमा नैतिकता क्षीण हुदै गएको पाईन्छ । नैतिकतामा रहनु भनेको नियम कानुन को अधिनमा रहनु हो । सधियौं देखी चल्दै आएको अंैचोपैंचो लेनदेन पनि नैतिकताको आधारमा चलेको छ । यहाँ एकले अर्कोलाई विश्वास गरिएन भने नैतिकता माथी प्रश्न उठ्न सक्छ ।
नैतिकता आचरण बिनाको मानिस कस्तो देखिन्छ ? नैतिकता हराउँदै गयो भने भोलीको दिनमा समाजमा कस्तो प्रभाब पर्न जान्छ ? एउटा परिवार भित्र नियम कानुन हुँदैन त्यहाँ नैतिकता र आचरणले बाधिएको हुन्छ तब मात्र सुन्दर परिवार बन्छ । तर अहिले हाम्रै परिवार भित्र पनि बाबु बाट छोरी सुरक्षित हुने अबस्था छैन । दाजु भाई एक अर्का प्रती बिश्वास गुम्दै गएको देखिन्छ । जब परिवारमा बिग्रह सुरु हुन्छ तब मात्र बिभिन्न किसिमका घटना हुने गर्छन र त्यहाँ कानुन आकर्षण हुन्छ । मानिसमा चेतना स्तर बढे पनि उसको आचरणमा फेरबदल भएन भने एकले अर्का लाई विश्वास गरिएन भने भोलीको दिनमा ठूलो दुर्घटना निम्त्याउँछ । त्यसैले त भनिन्छ सानालाई माया गर्नु ठुलो लाई सम्मान आदर गर्नु भनिन्छ् । यसमा कुनै नियम बेनको छैन ठुलो लाई यो भन्ने र सानो लाई यो भन्ने भनेर यहाँ आफै सिक्दै जाने हो र यो नै नैतिकता आचरण नै मुख्य कुरा हो ।
यहाँ सरकार देखी प्राइभेट संगठन भित्र आफ्आफ्नै न्ीिति नियम आचरण रहेका छन् । सेना प्रहरी को लागी एउटा छुटै आचरण नियम बनाइएको त्यही अनुरुप सेना प्रहरी परिचालीत हुन्छन् । एउटा वकिल आफ्नो पेशामा आफ्नो संगठनको नीति नियम भित्र रहेर वाकलत गरिहेको हुन्छ । यसै गरी ब्यक्ती संगठन नीति नियम नैतिकता भित्र रहेर आफ्नो कृयाकलाप गरिहेको हुन्छ ।
मानबमा आन्तकि रुपमा के ठिक र के बेठीक भन्ने चेतना हुँदै ब्यक्तीगत रुपमा ब्यबहार गदर्छ भने त्यो नै नैतिकता हो । मानिस जन्म देखी नै जून समाज मा हुर्केको हुन्छ त्यही समाज र आफ्नो अभिभावक बाट संस्कार र मूल्य मान्यता सिक्दै आएको हुन्छ । नैतिकता मान्छेको ब्यक्तीगत ब्यबहार धारणा हो जसमा मानिसले के राम्रो र के नराम्रो भन्ने कुरालाई बिचार पूर्याएर काम गर्छ । नैतिकता आफै पालना गरेर सुरु गर्नु पर्छ तब मात्र एउटा गतिशिल समाज निमार्ण हुँदै जान्छ । मानिस लाई बाहिर बाट कसैले लादिएको शिक्षाले खासै परिर्वतन ल्याउदैन मानिसले आफ्नो अन्तर मन देखी आउने ब्यबहार नै नैतिकता हो ।
हामी जुन समाजमा छौं त्यहाँ नैतिकता विश्वास आचरण बाट अगाडी बढेको छ । एउटा परिवार विश्वास बाट अठिएको छ । हामी बिरामी भएर हस्पीटल गयौं भने हामीले अस्पताल र डाक्टर प्रती पूर्ण बिश्वास गरेका हुन्छौं । र एउटा अस्पताल भित्रका डाक्टरहरुले आफ्नो बलबुताले भ्याए सम्म नैतिकताको आधारमा बिरामीलाई बचाउन हर प्रयत्न गरेको हुन्छ्न । एउटा पिडित ब्यक्तीले प्रहरी प्रशासन न्यायलय बाट आफुले न्याय पाउँने बिश्वास गरेको हुन्छ । यहाँ प्रहरी प्रशासन र न्यायदिशले नैतिकता र कानुनको आधारमा फैसला गर्ने गर्छन् । यसैलाई बिधिको शासन भनिन्छ ।
पछिल्लो समय भाइरल हुने नाममा विभिन्न उच्छृङखल फेसबुक टिकटक युटुब जस्ता सामाजिक सञ्जालमा बिभिन्न अनैति कृयाकलाप हुने गरेका छन् जुन हाम्रो समाजको लागी अपाच्य छ आफ्नो स्वार्थ पूर्तीको निम्ती अर्को ब्यक्तीको अस्मीता माथी मजाग गरिएको हुन्छ । यस्ले गर्दा समाजमा थप अराजक र द्धन्द निम्त्याउँछ ।
अहिले भर्खर मात्र जंगलमा बसिरहेका राउटे समुदायका चेलिहरुलाई नसालु पदार्थ खुवाएर होटलमा लगेर अनैतिक कृयाकला गरेरेको भिडियो सार्वजनीक भए संगै चौतर्फी आलोचना भएको छ । एक त राउटे लोपउन्मुख जाति भित्र पर्छ । हाम्रो समाज भन्दा अलग भएर आफ्नो भेषभुषा, रीतिरिजाव, संस्कृती आफ्नै छुट्टै नीति नियम आचरण मा रहेर जंगलमा बस्दै आएको जाती माथी यस्ता दुब्र्यबहार भईरहदा हामी शिक्षित भनिएको हाम्रो समाज कता गहिरहेको छ ? किन यसरी अराजक नैतिकता हिन बन्दै छ ? मानिस शिक्षित हुनु भनेको अरुको अस्मीता लुटने आक्रमण गर्नु होइन ? यही अराजकताको कारण एउटा समुदाय र अर्को समुदायमा एउटा जाति बाट अर्को जातिमा द्धन्द बढाउँदै लगेको छ । केही समय अगाडी पूर्वी रुकुमा भएको सामुहीक हत्या काण्डले पनि हाम्रो समाज कति कु्रर अशंबेदनशिल छ भन्ने देखाउँछ । समाजमा यस्ता घटना कयौं छन् जो बोल्न सकेका छैन् उनिहरु संग न्यायको पहुँच छैन् । पैसा र पहुँचको अधारमा कतिपय घटना समाजमा जनप्रतिनीधि को दबाबमा लुकाएर राखिएका छन् । जस्ले गर्दा समाज थप दुर्गन्धीत हुँदै गएको छ । भलै अपराधिले ढिला चाडो कानुनी दायरा भित्र आउलान तर त्यसले समाजमा पर्ने नकरात्मक प्रभाब द्धन्द, अबिश्वास लामो समय सम्म बढ्दै जाने देखिन्छ । जसले गर्दा यस्ता घटना फेरी पनि समाजमा नदोहोरिएलान भन्न सकिदैनन् त्यसैले मानिस आफ्नो नैतिक आचरण भित्र बाधिन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्