१५ आश्विन २०८०, सोमबार
Logo
final gp koirala advert

सुर्यगढी गाउपालीकामा प्रभावकारी बन्दै घरभेट कार्यक्रम

कोरोना माहामारीको दोश्रो लहरले थलिएको नागरिकहरुका घरघरमा गाउपालीकाका अध्यक्ष पुग्न थाले पछि गाउपालीकाबासी नागरिकहरु खुसी हुन थालेका छन् ।
कोरोना संक्रमित भई अन्यौलमा परेको समयमा अध्यक्ष सहित स्वास्थ्य शाखाका कर्मचारी घर भेटमा आउदा खुसी लागेको नागरिकहरु बताउछन् ।
नुवाकोटको सुर्यगढी गाउपालीकाका अध्यक्ष सन्त बहादुर घले स्वास्थ्य शाखाका कर्मचारीको साथमा घर भेट कार्यक्रममा पुग्नु हुन्छ । आफ्ना गाउपालीका भित्रका नागरिकहरुको स्वास्थ्य अबस्था बारे जानकारी लिन उहा कोरोना संक्रमित नागरिकहरुको घरघरमा ब्यक्तीगत स्वास्थ्य सुरक्षाका सामाग्री लिएर जाने गर्नु भएको छ ।
लामो समयको लकडाउनले नागरिकहरुलाई निकै समस्या परिहरेको बताउदै नागरिकहरुलाई लकडाउनको समयमा खाद्यन्न समस्या भएमा बिना हिचकिचावट पालीकालाई खबर गर्न उहाले अनुरोध गर्नु भएको छ ।
हुने बर्गले लोभ नगर्न अनुरोध गर्दै नहुने नागरिकरु भोको भए गाउपालीकाले खाद्यन्न उपलब्ध गर्ने अध्यक्ष घलेले बताउनु भयो ।
कोरोना संक्रमित भएका नागरिकहरुलाई होम आइसोलेसनमा बस्न समस्या भए पालिकाले तयार गरेको आइसोलेसनमा रहन अध्यक्ष घलेले आग्रह गर्नु भएको छ ।
अति बिपन्न नागरिकहरुको घर दैलोमा जाने कोरोना संक्रमितहरुको अबस्था बुझ्ने तथा असहज अबस्थाको सहजिकरण गर्ने गरेको स्वास्थ्य शाखाका सुगम पौडेलले जानकारी दिनु भयो ।
कोरोना संक्रमित प्रत्येक नागरिकको घर घरमा पुगेर निशुल्क औषधी बितरण , स्वास्थ्य अबस्थाको जानकारी लिने तथा स्वास्थ्यमा जटिलता भएमा पालीकाले बनाएको आइसोलेसनमा थप उपचारको लागी राखिने गरेको स्वास्थ्य शाखाका पौडेलले जानकारी दिनु भयो ।
हाल सुर्यगढी गाउपालीकामा स्वास्थ्य कार्यलयको तथ्यांक अनुसार ८६ जना संकृय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्