१२ श्रावण २०८१, शनिबार
Logo

आज ३ हजारभन्दा धेरै काेराेना सङ्क्रमित निकाे

पछिल्लाे २४ घण्टामा देशभर दुई हजार आठ सय २८ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । आठ हजार ६ सय ८७ जनाकाे आरटी–पीसीआर गर्दा दुई हजार १४ र चार हजार तीन सय ३५ जनाकाे एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ सय १४ जनामा सङ्क्रमण पुष्टि  भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

योसहित नेपालमा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख १४ हजार दुई सय १६ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २३ हजार दुई सय १७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ८२ जनासहित अहिलेसम्म पाँच लाख ४३ हजार पाँच सय २१ जना काेराेना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् । 

यस्तै पछिल्लो २४ घण्टा र यसअघिको प्राप्त भएकाे विवरणसहित थप ५२ जनाको काेराेना सङ्क्रमणबाट ज्यान गएको छ । योसहित नेपालमा काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार पाँच सय ५८ पुगेको छ । 

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्