२६ जेष्ठ २०८०, शुक्रबार
Logo
final gp koirala advert

पूर्व प्रधानमन्त्री खनालको आकस्मिक कक्षबाट वार्डमा राखेर उपचार गरिदै

थापाथलीमा रहेकाे नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालको वार्डमा राखेर अक्सिजनको सपाेर्ट (सहयोग) मा उपचार भइरहेको छ । 

गएकाे नौ दिनदेखिको ज्वरो कम नभएपछि उहाँलाई आज बिहान थापाथलीमा रहेकाे नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । 

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने र श्वास फेर्न गाह्राे हुनेजस्ता समस्या देखिएपछि खनाललाई अस्पताल भर्ना गरिएको हो । नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको लक्षण हेर्दा कोभिडपछिको समस्या हुन सक्ने अनुमान गरिएको छ । 

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्