१७ मंसिर २०७८, शुक्रबार
Logo
Hotel Yangra Nuwakot Trishuli

गाउँपालिकावासीलाई रोग र भोगबाट बचाउन विकास योजनाका बजेट समेत कटौती गर्न तयार छौ -अध्यक्ष पाण्डे

नुवाकोटको तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले गाउँपालिकावासीलाई रोग र भोगबाट बचाउन विकास योजनाका बजेट समेत कटौत गर्न तयार रहेको बताएका छन् ।

pratik books stationery
trishuli web design in nuwakot

तादी गाउँपालिका नुवाकोट जिल्लाको पूर्वी क्षेत्रमा रहेको छ । साबिकको खरानीटार, रालुका, नर्जा, उर्लेनी र सुन्दरादेवी गाविस मिलाएर २०७३ मा तादी गाउँपालिका बनेको हो । गत ०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यस गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काब्ग्रेसका तर्फबाट नारायणप्रसाद पाण्डे निर्वाचित भएका छन् । कानुनविषयमा स्नातक अध्ययन गरेका पाण्डेले अमेरिकामा समेत केही वर्ष अध्ययन गरेका थिए । चार वर्षअघि सम्पन्न निर्वाचनमा विजयी पाण्डेले तीन हजार ९० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेको केपी लामिछानेले दुई हजार सात सय ३७ र नेकपा (माओवादी केन्द्र) का मानसिंह तामाबले दुई हजार तीन सय ६५ मत प्राप्त गरेका थिए ।

नेपाली कांग्रेसको तादी गाउँपालिकाका संयोजक समेत रहेका पाण्डे नेपाल गाउँपालिका राष्ट्रिय महासब्घका केन्द्रीय सदस्य रहेका छन् । गाउँपालिकाको विकास निर्माणका कामसँगै कोभिड– १९ को रोकथाम कार्यलाई प्राथमिकतामा राखेको बताउने अध्यक्ष पाण्डेसँग विकास निर्माणलगायत अन्य विभिन्न विषयमा गरिएको कुराकानी ।

तादी गाउँपालिकामा कोरोना भाइरस सब्क्रमणको अवस्था कस्तो छ ?

कोरोनाको सब्क्रमण अहिले नियन्त्रणकै अवस्थामा छ । तर, सोचेकोजस्तो पिसिआर टेस्ट र एन्टिजेन टेस्ट गर्न सकिएको छैन । हामीसँग सीमित स्रोत–साधन छ । हामी स्वास्थ्य सामगीसहित पूरै सम ्र दायसम्म जान सकेको छैन । सीमित साधन–स्रोतका बाबजुत पनि स्वास्थ्य शाखाका कर्मचारीले एन्टिजेन किट प्रयोग गरेर वडाको टोलटोलमा सब्क्रमित खोजिरहेका छन् । तर, बाहिर हल्ला भएकोजस्तो भयावह अवस्था छैन । नुवाकोटमा कोरोना संक्रमित काठमाडौंमा निषेधाज्ञा जारीपछि अत्यधिक बढ्यो । सब्क्रमितलाई पालिकाको आइसोलेसन, खरानीटार अस्पतालमा र होम आइसोलेसनमा राखेर उपचार गराइरहेको छ । संक्रमितको खोजीलाई तीव पार्दै लगेपछि सब्क्रमणदर नियन्त्रणमा राख्न सफल हँदै गइरहेका ु छौँ । अहिले सब्क्रमणदर घट्दो अवस्थामा छ । कोरोनाको भ्याक्सिन पनि केहीले लगाइसकेका छन् ।

समुदायमा रहेका कोरोना संक्रमितलाइ कसरी सहयोग गरिएको छ ?

समुदायमा रहेका सब्क्रमितलाई अक्सिमिटर, थर्मोमिटर बाँडेका छौँ । स्वास्थ्य शाखाले दैनिक संक्रमितको स्वास्थ्य विवरण लिएको छ । आवश्यकऔषधि स्वास्थ्यकर्मीले वितरण गरिरहेका छन् । यो कोरोना गाउँको टोलसम्म पगेको ु छ । विवाह, छेवर, वतबन्धमा सयौँको संख्यामा उपस्थिति जनाउने गाउँदेखि काठमाडौंसम्म जन्ती, भोजमा सहभागी हँदा संक्रमण फैलिएको हो । गाउँघरमा पनि छेवरको नाममा एकचोटि धेरै मान्छेसहभागी हँदा संक्रमण बढेर समुदायसम्म फैलियो । हामीले वडा कार्यालय र खरानीटार इलाका प्रहरी कार्यालयसँग समन्वय गरेर नियन्त्रण गर्न जारी निषेधाज्ञालाई कडा रूपमै कार्यान्वयन गरिरहेका छौँ । मलाई अहिले पनि कतिले टेलिफोनमा घेवा गर्नप¥यो भनिरहेका छन् उनीहरूलाई अहिले पाइँदैन, कनै ु हालतमा पनि घेवा गरेमा कारबाही हुन्छ । भन्ने गरेको छु । कोरोना संक्रमण नियन्त्रणका लागि स्थानीय सरकार, जिल्ला पशासन कार्यालयले पहिलेको भन्दा धेरै नै तयारी गरेकाले बाहिर हल्ला भएकोजस्तो कोरोना संक्रमण छैनन् । बिस्तारै कोरोना संक्रमणको सब्ख्याघट्दै गएको छ । मृत्य हुनेको संख्यामा पनि कमी आएको छ ।

निषेधाज्ञाको अवधिमा दैनिक खानाका समस्यामा परेकालाई तत्काल राहत वितरण योजना छ कि ?

हाम्रो पालिका कृषिमा धेरै उत्पादनशील भएको गाउँपालिका हो । यहाँका पायः अधिकांश कृषक भएकाले खाद्यान्नको अभाव देखिएको छैन ।खानाकै समस्या भएका व्यक्ति छन् भने वडालाई ब ́ेर सिफारिस गर्न निर्देशन ु गरेका छौँ । वडाको सिफारिसको आधारमा राहत वितरणको तयारी पनि गरेका छौँ । बजारमा पनि खाद्यान्न मौज्दात छ र अन्य तरकारी जनसमुदायमा नै उत्पादन हन्छ । अहिले यहाँबाट निर्यात नै भइरहेको छ । रोग र भोगबाट पालिकावासीलाई बचाउन अन्य विकास योजनाको बजेट कटौती गर्न पनि हामी तयार छौँ ।

निषधाज्ञाल सबै शैक्षिक संस्था बन्द छन् । यसको वैकल्पिक व्यवस्था गर्नेतर्फ केही योजना बनाउन नु भएको छ ?

सहरी क्षेत्रमा जस्तो अनलाइनकक्षा सञ्चालन गर्न सक्ने पूर्वाधार रअभिभावक तथा विद्यार्थीको आर्थिक अवस्थाले गर्दा हामो पालिकामा सम्भव छैन । हामीले इन्टरनेटबाट गर्ने भनेको भर्चअलमार्फत अनलाइन कक्षा सञ्चालन यहाँ सम्भव नै छैन । यहाँ न विद्यत्को राम्रो सुविधा छ न यहाँ इन्टरनेट नै सहज छ ।

हामीले ठूला करा गरेर हुदैन । यो कनै सम्भावना छैन । यो अवस्थामा आगामी शैक्षिक सत्र कसरी अगाडिबढाउने भन्ने विषयमा नेपाल सरकारको निर्देशन पर्खेका छौँ । विद्यालयसम्म इन्टरनेट पु¥याउने विषयमा स्थानीयतहसँग समन्वय गरेर नेपाल सरकार,विद्यत् प्राधिकरणसँग मिलेर जानुपर्छ । यसलाई समय लाग्छ । असारदेखि शैक्षिकसंस्था खोल्न सरोकारवाला निकायसँग छलफल गरिरहेका छौँ ।

पालिकाभित्रका व्यवसायी क्षेत्रको अवस्था र आथिक गतिविधि कस्तो छ ?

विगत एक वर्षदेखि पालिकाभित्र कृषि कर्म र खाद्यान्न व्यवसायबाहेक अन्य व्यवसाय ठप्प छ । यस्तो महामारीमा आर्थिक गतिविधि त शून्य नै हने भो नि । हामीले जिल्लासँग समन्वय गरेर गाउँमा विकास निर्माणका काम स्वास्थ्य मापदण्ड पालना गरी अघि बढाइरहेका छौँ । सानो–सानो रूपमा भक्तानी पनि ु दिइरहेको अवस्था छ । धेरै भिडभाड नगरीकन विकास निर्माणको कार्य भइरहेको अवस्था छ ।

यसले देशकै आर्थिक क्षेत्रमा दशौँ वर्षपछि धकेलिने अवस्था मैले देखेको छ । यो अवस्थामा विकास निर्माणका काम अनगमन गर्न सकेका ु छैनौँ, अनगमन गरेर मात्र भ ु क्तानी दिनुपर्ने हुन्छ । यो अवस्थामा कहीँ–कतै जान सक्ने अवस्था छैन । स्थानीय तहले सजगभएर साना कामलाई बिस्तारै मापदण्ड र स्टिमेटअनसार भए–नभएको निरीक्षण गरेर भुक्तानी दिनुपर्छ । स्थानीय उपभोक्ता समितिले गरेका कामको अनगमन गरी हाल भक्तानीको प्रक्रिया अगाडि बढाउन सकिरहेको छैन । यो अवस्थामा प्राविधिकबाट चेकजाँच गराएर सञ्चालित विकास निर्माणको भक्तानी प्रक्रिया अगाडि बढाउन अनुगमन र मूल्याब्कन गर्ने काम अगाडि बढाएका छौँ । पालिकाभित्र ठेक्का सम्झौता भइसकेको विकास र सडक निर्माणलाई स्थानीय मजदरलाई मात्र लगाएर अगाडि बढाउन मैले सहजीकरण गरिरहेको छ ।

अहिले पालिकामा स्वास्थ्य संस्था र स्वास्थ्यकमी पर्याप्त छन् ?

तादी गाउँपालिकाको खरानीटारमा अस्पतालसमेत रहेको छ । अस्पतालका लागि आवश्यक स्वास्थ्य जनशक्ति नपगु रहेको छ भने अन्य स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी पर्याप्त छैनन् । आवश्यकताअनसार पालिकाले पुरा देश रसंघीय सरकारसँग माग गरेर अहिले जेनतेन दरबन्दी पगेको छ । अहिले २० वटा ु आइसोलेसन वार्ड, २० थान सिलिन्डर तयारी अवस्थामा राखिएको छ ।

रूडेकनेपालद्वारा ६ थान आधनिक बेड र डा.पकाशशरण महतमार्फत ६ वटा बेड पाप्त्र भएको छ । त्यसलाई पनि आइसोलेसन वार्ड विस्तारमा प्रयोग गरेका छौँ । गाउँपालिकाको सोतबाट आवश्यक भएमाआइसोलेसन वार्ड थप्न बेड, स्वास्थ्यकर्मी तयारी गरेका छौँ । स्वास्थ्य संस्थाको क्षमताले यो भन्दा बढी सब्क्रमित थपिँदा पालिकामा उपचार गर्न सक्ने अवस्था छ । कोरोनाले हामीलाई स्वास्थ्य जनशक्ति पूर्वाधार निर्माण थप गर्न औषधि स्टक राख्न सचेत गराएको छ ।

अहिलेको तयारी र अनभवले भविष्यमा आउन सक्ने स्वास्थ्य महामारीलगायत अन्य विपत्तिलाई डटेर सामना गर्न सक्छौँ । हामीले पूर्वतयारी भनेर त्यसका लागि बजेट छुट्याएका छौँ । सकेसम्म यो दोस्रो भेरियन्टबाटै यो रोग नियन्त्रणमा आओस् भन्ने म भगवान्सँग पार्थना गर्छाे । तेस्रा भेरियन्ट आएको खण्डमा आफ्नो सम्पूर्ण स्रोत–साधन परिचालन गरी संघीय सरकारका निर्णयलाई पूर्ण कार्यान्वयन गर्नेछौँ । महामारी फैलिएमा स्वास्थ्यका पूर्वाधार र जनशक्ति थप गर्ने गरी बजेट विनियोजन समेत गरेका छौँ

चार वर्षमा तादी पालिकावासीले अनुभुति गर्ने खालको के काम गर्नुभयो ?

स्थानीय निकायका जनपतिनिधिका लागि यो लगभग अन्तिम वर्ष हो । म यहाँलाई गर्वका साथ भन्न चाहन्छ– तादी गाउँपालिका सबैभन्दा ठूलो काम पशासकीय भवन निर्माण गरी सर्ने तयारीमा छ भने ६ वटा वडा कार्यालय भवन निर्माण भइसकेको छ । म निर्वाचित हुँदा पालिकाको दुईवटा मात्र भवन थियो,अहिले थप चारवटा वडा भवन र पशासकीय भवन निर्माण भइसकेको छ । स्वास्थ्यचौकीको पनि पनर्निर्माण भएको ु छ ।

वडा कार्यालय भवन र स्वास्थ्यचौकी भवनलाई आवश्यक पर्ने फर्निसिबदेखि रअन्य सामगी पूरा गरेका छौँ । मैले गरेको पूर्वाधार विकास निर्माण र अन्य कार्यबाट पालिकावासी सन्तष्ट रहेको मैले पाएको छ । बजेट छर्नेभन्दा पनि स्थानीय आवश्यकता र मागमा आधारित योजनालाई छनोट गरेकाले सबै खसी छन् । अन्य स्थानीय तहमा जस्तो हामो पालिकामा ्र डोजरआतब्क छैन । पछिल्लो वर्षको बाहेक त्यसपछिको कनै पनि बजेट तपाईंले हेर्न सक्नहुनेछ, हामीले नयाँ सडक र बाटो खन्नेमा बजेट राखेनौँ । विगतकै सडक, सिँचाइ र बाटोलाई स्तरोन्नति गर्नेगरी बजेट छट्याएका छौँ ।

अहिले प्राय सबै वडा भवनसम्म हिउँद–बर्खा नै सडक सञ्चालन हुन सक्ने अवस्था छ । यसले गर्दा सेवा लिन पुग्ने जनतालाई सुविधा पुगेको छ । चार वर्षको अवधिमा मैले जनप्रतिनिधि,राजनीतिक दल र स्थानीयवासीको सहयोग र सल्लाह पाएकाले कुनै असजिलो महसुस गर्नुपरेको छैन ।

यो कार्यकालको अन्तिम बजेटल्याउन तयारी कस्तो छ ?

हामीले कनिका छरेजसरी बजेट छर्दैनौँ । स्थानीयको मागको आधारमा वडाबाट सिफारिस भएका योजनालाई छनोट गर्छौँ । यसपटक पनि त्यही पक्रिया अपनाइरहेका छौँ । स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार क्षेत्रमा बजेट छुट्याउँछौँ । कोरोनाको कारण आगामी बजेटको फोकस कोरोना रोग, नियन्त्रणमै केन्दित्र हनेछ ।

त्यसपछि कृषि र शिक्षा क्षेत्रलाई व्यवस्थित र समयानकूल बनाउन बजेट छुट्याउँछु । कृषिमा युवाको आकर्षण बढाउन, स्थानीय कच्चा पदार्थ तथा सीपमा आधारित व्यवसाय स्थापना गर्नअभिपेरित र प्रोत्साहन गर्छौँ । आगामी बजेटको बारेमा फोन तथा भेटघाट गरेर गत निर्वाचनमा मेरा प्रतिस्पर्धी नेकपा एमालेका केपी लामिछाने, नेकपा माओवादी केन्द्रका मानसिंह तामाङ , राजनीतिक दल र अन्य सरोकार राख्नेसँग परामर्श लिइरहेको छ । केन्द ु को ्र बजेट आइसक्यो, प्रदेशको पनि आउँदै छ । त्यसैको आधारमा असार १० गतेभित्र बजेट ल्याउन विषयगत समितिको बैठक सुरु भइरहेको छ ।

तपाइको राजनीतिक पृष्ठभृमि फरक हुँदा केन्द्र तथा प्रदेशका सांसदसँग अफ्ठ्यारो परेको छैन ?

मलाई संघीय र प्रदेश सांसदबाट काम गर्दा आजसम्म कुनै अप्ठ्यारोमहसस गर्नु परेको छैन । स्थानीयस्तरमा ु पनि राजनीतिक दलबाट कनै अवरोध र असहयोग भोग्नुपरेको छैन । विकासनिर्माण र जनताको सेवा गर्न संघीय सांसद हितबहादर तामाबले केन्द्रमा पहल गरेर उहाँले सकेको बजेट पठाइरहनभएको छ ।

त्यसको अलावा पनि फोन गरेर काम गर्न समस्या परेको छ कि भनेर सोध्ने गर्नुहुन्छ । प्रदेश सांसद एवम् बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाबले पनि सकारात्मक सल्लाहर सुझाव दिइरहन भएको छ । प्रदेशबाट आएका योजना सञ्चालनमा उहाँसँगसल्लाह गर्ने गरेको छु । काम गर्दा उहाँहरूले राजनीतिक कित्ता छट्याउन हुन्न, त्यसले गर्दा राजनीतिक आधारमा असमझदारी भएको छैन ।

धेरैजसो स्थानीय तहका प्रमुख विलासी भए भन्ने गुनासो आइरहेको छ । तपाईंमा यो लागू हुन्छ ?

अरूको हकमा मैले टिप्पणी गर्न उचित हुँदैन, तर म यसको विपक्षमा छ । सरकारी सम्पत्तिको दुरुपयोग गर्नु हुँदैनु भन्ने मेरो मान्यता छ । एउटा जनपतिनिधि निर्वाचित हुनुभन्दा अघिको जस्तोजीवनशैली थियो । त्यसमा अस्वाभाविक परिवर्तन आउनुहुँदैन ।

सरकारी काम–कारबाहीमा आवश्यकता अनसार स्रोत–साधन प्रयोग गर्नुहुन्छ, तर व्यक्तिगत प्रयोजनमा सरकारी स्रोत–साधनको दरुपयोग गर्नुभनेको भ्रष्टाचार गर्नु जत्तिकै हो । यो मान्यतामा म अडिग रहेको छु ।

त्रिशुली प्रवाह साप्ताकिबाट साभार

प्रतिक्रिया दिनुहोस्