१६ आश्विन २०८०, मंगलबार
Logo
final gp koirala advert

पछिल्लो २४ घण्टामा तीन हजार तीन सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा तीन हजार तीन सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार पाँच सय ६ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार तीन सय ८२ जना र पाँच हजार नौ सय ८८ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार दुई जना गरी तीन हजार तीन सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म पीसीआर विधिबाट ६ लाख ६ हजार सात सय ७८ जना र एन्टीजेन विधिबाट १९ हजार सात सय ५७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ हजार दुई सय ९५ जना निको भएका छन् । यो सँगै निको हुनेको सङ्ख्या पाँच लाख २७ हजार एक सय ११ पुगेको छ । थप ६१ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार तीन सय ६६ पुगेको छ । अहिले नेपालमा ७१ हजार तीन सय एक  सक्रिय सङ्क्रमित रहेका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्