१२ श्रावण २०८१, शनिबार
Logo

“ भत्ता चोरीलाई अनावश्यक रुपमा राजनीतिकरण गरेर मुख्य अपराधीलाई जोगाउन खोजियो”- नेता तामाङ

फाइल फोटो


गत चैत्रमा पंचकन्या गाउपालीका वडा नं २ को कार्यलयबाट सामाजिक सुरक्षा भत्ताको ५० लाख र वडाबाट संकलन भएको राजस्व ३ लाख गरि ५३ लाख रुपैया चोरी भएको २ महिना भैसक्दा पनि दोसी पत्ता लागेको छैन । प्रहरीले अनुसन्धार जारी रहेको बताए पनि ठोस परिणाम निकाल्न सकेको छैन ।
गत चैत्र २४ गते चोरी भएको रकमको बिषयलाई लिएर गत चैत्र २६ गते जिल्ला प्रहरी कायर्यालय बिदुरलाई आवश्यक अनुसंधान गरि सत्यतथ्य सार्वजनिक गर्न एवम् दोषीलाई कार्वाही प्रकृया अगाडि बढाउन गाउपालीकाले लिखितम आग्रह गरेको गाउपालीका श्रोतले जानकारी दिएको छ । त्यस्तै घटना घटेको ४ दिन पछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबारलाई गाउँपालिकाको कार्यालयले पत्रचार गरेको पालिका श्रोतले जनाएको छ ।
चोरीको यस घटनालाई आधार बनाएर राजनितिक दाउपेच सुरु भएको नेकपा माओवादी केन्द्रका नेता तथा पुर्व सांसद हित बहादुर तामाङले बताउनु भयो । उहाले बृद्ध भत्ता चोरी हुनु र सम्बन्धित वडाका बृद्ध÷ बृद्धा एवम् सुचिकृत ब्यक्तिहरुले समयमै रकम पाउन नसक्नु आफैमा दुखलाग्दो कुरा रहेको बताउनु भएको छ ।
नेकपा माओवादी केन्द्रका नेता तथा पुर्व सांसद तामाङले सम्बन्धित सुरक्षा निकायहरुले लामो समय लिई अनुसन्धान गर्दागर्दै पनि घटनाको सत्यतथ्य सार्वजनिक गर्न नसक्नुले सम्बन्धित सरोकारवालाहरुलाई थप पीडा र अन्योलग्रस्त अबस्थामा धकेलेको बताउनु भयो ।
उहाँले पञ्चकन्या गाउँपालिका वडा न. २ मा भत्ता चोरी भएको विषयलाई अनावश्यक रुपमा राजनीतिकरण गरेर मुख्य अपराधीलाई जोगाउन खोजिएको बताउनु भएको छ ।
भत्ता चोरीमा गाउँपालिकाको कार्यलयको नाम बदनाम गरि घटनालाई मोड्न खोजिएको र पीडित जनसमुदायलाई थप भ्रम फैलाउने र मुख्य अपराधीलाई जोगाउन खोजिएको सांसद तामाङ बताउनु हुन्छ ।
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री तामाङले सम्बन्धित सुरक्षा निकायबाट घटनाको सत्यतथ्य छिट्टै सार्वजनिक गर्न तथा दोषीलाई कारबाही गरी पीडितहरुलाई न्याय दिलाउन सबै जनसमुदाय र अन्य सम्बन्धित पक्षहरुको निष्पक्ष तथा सहयोगी भूमिका रहने आशा व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्