१२ श्रावण २०८१, शनिबार
Logo

आउने भदौमा पार्टीको महाधिवेशन हुन्छ – सभापती नेता देउवा

फाइल फोटो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो भदौमा पार्टीको चौधौँ महाधिवेशन गर्न प्रतिबद्धता जनाउनुभएको छ । बुधवार विज्ञप्ति निकालेर सभापति देउवाले आउँदो भदौमा पार्टीकाे चौधौँ महाधिवेशन हुने र त्यसमा आफू प्रतिबद्ध रहेको जानकारी गराउनुभएको हो ।

पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्त्वपूर्ण राजनीतिक अभियान भएको भन्दै उहाँले पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने कुरा आफूले राम्रोसँग बुझेको बताउनुभयो ।

महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको भन्दै उहाँले पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति स्वीकार्य नहुने बताउनुभयो । पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्य मिलेर सम्पन्न गर्ने काम भएको भन्दै उहाँले यसका लागि सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

असार र साउन महिनाभर महाधिवेशनका लागि सबै पूर्वतयारी गर्नुपर्ने भन्दै उहाँले पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनको तयारीलगायत महाधिवेशनका सबै काम सक्नुपर्ने भन्दै सभापति देउवाले यसका लागि निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति गठन भइ काम भइरहेको जानकारी दिनुभयाे । 

Shivapuri rural municipality awareness message jalapanews

महाधिवेशन सम्पन्न गर्नेबारे कुनै पनि भ्रममा नपरि आ–आफ्नो ठाउँबाट महाधिवेशन समयमा सम्पन्न गर्नका लागि दत्तचित्त भइ लाग्नसमेत उहाँले कार्यकर्तालाई आह्वान गर्नुभएकाे छ ।

यसैबीच उहाँले सरकारले नागरिकको स्वास्थ्यका बारेमा समयमा गम्भीर भइ इमानदारीपूर्वक काम नगरेका कारण यो अवस्था सिर्जना भएको र यसमा सरकार पूर्ण रूपले दोषी रहेको बताउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्