१२ श्रावण २०८१, शनिबार
Logo

याे हप्ता काेराेना सङ्क्रमण दुई गुणाभन्दा धेरैलै बढ्याे

नेपालमा याे हप्ता कोरोना भाइरसको सङ्क्रमण दर दुई गुणाभन्दा धेरैले बढेको छ । गएको हप्ताको तुलनामा याे हप्ता दुई गुणाभन्दा धेरैले सङ्क्रमण फैलिएको एक अध्ययनले देखाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. विराज कर्माचार्यले बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उहाँले यो हप्ता नेपालमा एक सय ३६ दशमलव ८ प्रतिशतले कोरोना सङ्क्रमित बढेको बताउनुभयो । यसले कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलने देशमा नेपाल पनि परेको उहाँको भनाइ छ ।

अघिल्लो हप्ताभन्दा यो हप्ता लुम्बिनी प्रदेशमा दुई सय ३३ प्रतिशत, कर्णालीमा ११६, सुदूरपश्चिममा १८४, गण्डकीमा १०९, वाग्मतीमा १८३, प्रदेश नम्बर २ मा १११, प्रदेश एकमा १७४ प्रतिशतले कोरोना सङ्क्रमित थपिएका छन् ।

त्यस्तै प्रदेशमा कोरोना परीक्षण नतिजा पोजेटिभ देखिने दरमा प्रदेश एक मा  २३ दशमलव ५, प्रदेश दुईमा ३५ दशमलव ७, वाग्मती प्रदेशमा २५ दशमलव ९, गण्डकी प्रदेशमा ३२ दशमलव ८, लुम्बिनी प्रदेशमा ६१ दशमलव ३, कर्णाली प्रदेशमा ६७ दशमलव ९ र सुदूरपश्चिम प्रदेशमा ३७ प्रतिशत रहेको छ ।

Shivapuri rural municipality awareness message jalapanews

सङ्क्रमितको सङ्ख्या जति देखिएको छ त्यो भन्दा धेरै सङ्क्रमित समुदायमा भएको अध्ययनले देखाएको छ । यस्तो अवस्थामा स्वास्थ्य मन्त्रालयले सबै मिलेर रोकथामका लागि हातेमालो गर्न आग्रह गरेको छ । हेलचेक्रयाइँ नगरे हजारौँको ज्यान बचाउन सकिने पनि डा. विराज कर्माचार्यले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्