१२ श्रावण २०८१, शनिबार
Logo

कोरोना प्रभावित श्रमिकलाई सरकारले राहतको ब्याबस्था गर्नुपर्छ -प्रचण्ड

फाईल तस्विर

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कोभिड–१९ को दोस्रो लहरको महामारीका कारण भएको निषेधाज्ञाले रोजगारी गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवी वर्ग गम्भीर समस्यामा परेको भन्दै उनीहरुलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै दाहालले समस्यामा परेका रोजगारविहीन श्रमिकहरुका लागि सहयोगी हात बढाउन पनि सबैसँग आग्रह गरेका छन् ।

‘कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरको महामारीका कारण भएको निषेधाज्ञाले रोजगारी गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवि वर्ग गम्भीर समस्यामा परेको छ । उनीहरुका लागि उचित राहतसहित खाद्यान्न लगायत वैकल्पिक व्यवस्थापन गर्न म सरकारसँग जोडदार माग गर्दछु’, दाहालको सन्देशमा छ, ‘साथै सबै राजनीतिक कायकर्ता र समाजसेवीहरुमा पनि खुला हृदयले समस्यामा परेका रोजगारविहीन ती श्रमिकहरुका लागि सहयोगी हात बढाउन अपिल गर्दछु ।’

सन्देशमा दाहालले श्रमजीवि वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि माथि अहिले सरकारबाट नै निरन्तर प्रहार भइरहेको भन्दै प्रतिवादमा उत्रन पनि आह्वान गरेका छन् ।

Shivapuri rural municipality awareness message jalapanews

‘श्रमजीवी वर्ग, राज्यको बहुआयामिक विकासका मुख्य आधार हुन् । श्रमिक वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव हुँदैन । यसैकारण संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा श्रमिक वर्गको हित र अधिकारलाई प्रत्याभूति गरिएको हो’, दाहालको सन्देशमा छ, ‘तर, श्रमजीवि वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीमाथि अहिले सरकारबाट नै निरन्तर प्रहार भइरहेको छ । पश्चगामी र परिवर्तन विरोधी तत्वहरु श्रमजीवि जनताका अधिकार खोस्न उद्यत देखिएकाले प्राप्त उपलब्धिको रक्षाका लागि एकतावद्ध भएर प्रतिवाद गर्नु अहिलेको आवश्यकता हो ।’

वि

प्रतिक्रिया दिनुहोस्