१२ श्रावण २०८१, शनिबार
Logo

पार्किङमा राखेको कारभित्र तीन वटा शव फेला

दाङको तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको एउटा कारभित्र तीन वटा शव फेला परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेकाे स्याउली बजारमा पार्किङ गरि राखेको इण्डियन नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र तीन शव फेला परेका हुन् । कार विगत चार मिहनादेखि त्याे स्थानमा पार्किङ गरेर राखिएकाे प्रहरीले जनाएका छन् ।

‘चार महिनादेखि पार्किङ गरि राखेको कारभित्र तीन वटा शवहरु फेला परेका छन्,’ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले भन्नुभयो, ‘बेलुका ८ बजे तिर म यहाँ आइपुगेका छु घटना बारे अनुसन्धान हुँदै छ ।’

घटनाको अवस्था नियाल्दा गम्भीर प्रकृतिको देखिएकाले अनुसन्धान नगरी केही भन्न मिल्ने अवस्था नरहेको डीएसपी सिंहले बताउनुभयो। डीएसपी सिंहले गाडी स्याउली बजारमा गएकाे माघदेखि नै पार्किङमा रहेको भन्ने कुरा अनुसन्धानबाट खुल्न आएको बताउनुभयो ।

Shivapuri rural municipality awareness message jalapanews

शनिबार बेलुका एउटा बस पार्किङका लागि कार छेउमा जाँदा बसका स्टाफले कारभित्रबाट गन्ध आएकाे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्