१२ श्रावण २०८१, शनिबार
Logo

काेराेना सङ्क्रमणबाट थप ३३ जनाकाे ज्यान गयाे,

 

नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट थप ३३ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा २८ जनासहित थप ३३ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार दुई सय ७९ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार सात सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १५ हजार तीन सय ९१ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ६ सय ५७ जना र पाँच सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जना गरी पाँच हजार सात सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

एकैदिनमा नयाँ सङ्क्रमण पुष्टि हुनेकाे यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । 

Shivapuri rural municipality awareness message jalapanews

आज थपिएकासहित नेपालमा तीन लाख २३ हजार एक सय ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिले नेपालमा ३८ हजार आठ सय १३ जना सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्