१२ श्रावण २०८१, शनिबार
Logo

काेराेनाबाट थप ३५ जनाकाे ज्यान गयाे

काठमाण्डाै काेराेना भाइरसकाे सङ्क्रमणबाट नेपालमा थप ३५ जनाकाे ज्यान गएकाे छ । पछिल्लाे २४ घण्टामा २६ सहित थप ३५ जनाकाे काेराेना सङ्क्रमणका कारण ज्यान गएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । याेसहित नेपालमा काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार दुई सय ४६ जना पुगेकाे छ । 

यस्तै पछिल्लाे २४ घण्टामा झन्डै पाँच हजार जना काेराेना भाइरसकाे सङ्क्रमित थपिएका छन् । १२ हजार पाँच सय ९७ जनाकाे पीसीआर परीक्षण गर्दा चार हजार आठ सय ३१ र नाै सय ६३ जनाकाे एन्टिजेन परीक्षण गर्दा ९७ सहित चार हजार नाै सय २८ जनामा सङ्क्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ । 

आज थपिएकासहित नेपालमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या तीन लाख १७ हजार पाँच सय ३० पुगेकाे छ । 

यस्तै २४ घण्टामा आठ सय ८८ जना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएसँगै निकाे हुनेकाे सङ्ख्या दुई लाख ८० हजार एक सय ६७ पुगेकाे छ । 

Shivapuri rural municipality awareness message jalapanews

प्रतिक्रिया दिनुहोस्